५ भदौ २०८३, शुक्रबार | August 21, 2026

बुटवलका मगरहरुले मनाए धुमधामकासाथ मगर दिवस (फोटो फिचर)



बुटवल । नेपाली मगरहरुले आज ३९ औ मगर दिवस मनाएका छन् । ३९ वर्ष पहिले पहिलो पटक तनहुंमा भेला भएको दिनलाई नेपाली मगरहरुले मगर दिवसकारुपमा मनाउँदै आएका छन् ।

मगर दिवसकै अवसरमा बुटवलमा पनि मगरहरुले धुमधामकासाथ मगर दिवस मनाएका छन् । बुटवलको अस्पताल चौकबाट मगरहरुको ¥यालीले बुटवल उपमहानगरको बिभिन्न स्थानहरुको परिक्रमा गर्दै सिद्धेश्वर माबीको चौरमा पुगेर सभामा परिणत भएको थियो ।
¥यालीमा मगर भेषभुसा झल्कने साँस्कृतिक झाँकीको प्रदर्शन गरिएको थियो । परम्परागत कण्डलेघर, बाटुलेघर, घुमाउनेघर जस्ता लोपोन्मुख झाँकीहरु सहित निस्केको मगर ¥यालीमा मगर भेषभुसामा सजिएका सयौं युवा युवतीहरु सडकमा निस्केका थिए ।

¥यालीपछि आयोजित सभामा बोल्ने वक्ताहरुले मगरात राज्य स्थापना गरेरै छाड्ने अठोट गरे । उनीहरुले ब्राम्हणबादी अहंकारबादले मगर लगायत आदीबासी जनजातीको अस्तित्व माथिनै धावा बोलेको बताउँदै मगरहरुको हक स्थापित गर्न मगरहरु एकतावद्ध हुनेपर्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  २ : ५२ बजे

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, वरिष्ठ नेता शाह बैठक छाडेर मुस्ताङ प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

साउनमा लुम्बिनी प्रदेशमा ४१८ सवारी दुर्घटना, ३५ जनाको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा साउन महिनामा ४१८ वटा सवारी दुर्घटना

बासुदेव खोलामा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती