१२ असार २०८३, शुक्रबार | June 26, 2026

कोमल वलीद्वारा रघु पन्त विरुद्ध गालीबेइज्यती मुद्दा दायर



काठमाडौं । नेकपा एमालेका नेता रघु पन्त विरुद्ध एमालेबाटै राष्ट्रिय सभाको सांसद कोमल वलीले गाली व्यइज्यती मुद्दा दायर गरेकी छिन् ।

पन्तले आफु विरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्दै अभिव्यक्ति दिएको भन्दै ओलीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

गत फागुन १५ गते आयोजित एक कार्यक्रममा नेता पन्तले वली विरुद्ध लैङ्गिक हिंसा जन्य शब्द प्रयोग गर्दै आलोचना गरेका थिए । पन्तको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले माफी समेत मागेका थिए । नेता पन्तले गरेको टिप्पणीले आफुलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्धा दायर गर्नुपरेको राष्ट्रिय सभा सदस्य वलीेले बताइन । नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको उनको भनाइ छ ।

मुद्दा दायर गरेपछि ओलीले भनिन, ‘उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले म सँग माफि पनि माग्नुभएको छैन । पन्तको अभिव्यक्तिले सबै आमा दिदीबहिनीहरु माथि लैंगिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरे । अदालतले जे निर्णय गर्छ त्यसलाई मैले आत्मसात् गर्नेछु ।

सांसद वलीले आफु माथिल्लो सदनको विधायिका भएको हुनाले आफुले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताइन ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : २० बजे

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो)

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक साताको म्याद

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी

स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा डा. स्वर्णिम वाग्ले

नेदरल्याण्ड्स समूह एफको विजेता, जापान उपविजेताका रूपमा नकआउट चरणमा

काठमाडौं । ट्युनिसियामाथि ३-१ को सहज जित निकाल्दै नेदरल्याण्ड्स विश्वकप

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,