१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

चौथो बुटवल लन टेनिसको फाईनल मंगलबार



बुटवल । सोमबार समापन गर्ने लक्ष्यसहित संचालन भएको चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ एक दिन थप गरिएको छ । चौथो दिनको खेल सकिदा ५ ईभेन्टका विजेताको टुगो लागेको छ । सोमबार महिला डबल्सतर्फ अभिलाषा विष्ट र ईरा राउतको जोडी विजयी भएका छन । देविनगर लनटेनिस कम्प्लेक्समा भएको फाईनल खेलमा श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडीलाई ६–१, ६–० को सोझो सेटमा जित्दै उपाधि हात पारे ।

यसैगरि ३५ प्लस डबल्सतर्फ कमल बहादुर भण्डारी र राजु श्रेष्ठको जोडीले उपाधि हात पारेका छन । भण्डारी र श्रेष्ठको जोडीले लोक बहादुर गुरुङ र राजन पौडेलको जोडीलाई ६–०, ६–१ को सेटमा खेल जिते । यसैगरि ४५ प्लस डबल्सतर्फ गोपी बहादुर भट्टराई र धर्मसिह लामिछानेको जोडीले चन्द्र शाही (युएण्ड मि) र राजु श्रेष्ठको जोडीलाई २–६, ६–१, १०–८ को ट्राईबेकरमा जित निकाल्दै उपाधि हात पारेका हुन । यसैगरि ५५ प्लस डबल्सतर्फ धु्रव घले र मनोज रानाको जोडीले राजकुमार गुरुङ र बसन्त प्रधानको जोडीलाई ६–३, ६–१ को सोझो सेटमा जित निकाल्दै उपाधि हात पारेका छन ।

पुरुष सिगलतर्फ उपाधि लागि मंगलबार रितिक राना र सन्तोष खत्री भिड्ने भएका छन । पहिलो सेमीफाईनलमा रितिक रानाले नेपालका एक नम्बरका रेकिङका खेलाडी प्रनव खनाललाई ९–७, ६–४ सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि अर्को सेमीफाईनलमा सन्तोष खत्रीले निशान श्रेष्ठलाई ६–२, ४–६, ७–४ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका छन ।

महिला सिगलतर्फ पहिलो सेमीफाईनलमा प्रेरणाले सलोनी तामाङलाई ६–१, ६–२ तथा दोस्रो सेमीफाईनलमा अभिलाषा विष्टले मायङका राणालाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन ।

यसैगरि ३५ सिगलतर्फ उपाधिका लागि पुलिसका कमल भण्डारी र बुटवलका संजयप्रकाश श्रेष्ठ बिच भिडन्त हुने भएको छ । सोमबार कमल भण्डारीले रामु बिकलाई ६–०, ६–१ को सोझो सेटमा तथा संजय प्रकाश श्रेष्ठले पोखराका राजन पौडेललाई ६–४, ३–६ र १०–८ को ट्राईबेकरमा जित निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन ।

यसैगरि ४५ प्लस सिगलतर्फ पहिलो सेमीफाईनलमा धर्म सिह लामिछानेले उत्तम बोगटीलाई ६–३, ६–१ तथा दोस्रो सेमीफाईनलमा चन्द शाहीले गोपी भट्टराईलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन ।

यसैगरि ५५ प्लस सिगलमा हिमाल शाह र मनोज राणाको बिचमा उपाधि भिडन्त हुने भएको छ । पहिलो सेमीफाईनलमा हिमाल शाहले धु्रव गुरुङलाई ६–३, ६–१ तथा दोस्रो सेमीफाईनलमा मनोज राणाले राजेन्द्र घिमिरेलेलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन । मंगलबार पाच ईभेन्टका बाकी खेल हुने प्रतियोगिताको सुपरभाईजर विकास खड्काले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : ३४ बजे

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता