२० बैशाख २०८३, आइतबार | May 3, 2026

बुटवलमा भोलिबाट तेस्रो मेयर कप तथा सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता हुँदै



बुटवल । रुपन्देहीको बुटवलमा सोमबारदेखि सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ तथा तेस्रो मेयर कप लन टेनिस हुने भएको छ । बुटवलको देबीनगर लनटेनिस ग्राउण्डमा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक रुपन्देही टेनिस संघले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ५ देखी ९ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको खेल संयोजक विष्णु प्रसाद चापागाईले जानकारी दिए । एकलतर्फ पुरुष÷महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा र डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाँच विधा गरि कुल ११ विधामा प्रतियोगिता संचालन हुनेछ ।

एकलतर्फ पुरुष÷महिला एकलको विजेताले नगद ६०÷६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल ,प्रमाणपत्रबाट पुरस्कृत गरिने चापागाइले बताए । आयोजकका अनुसार यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमश ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैया, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाच सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि पुरुष डबल्स, महिला डबल्सको विजेताले नगद २० हजार रुपैया, उपविजेताले १० हजार र तृतियले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ भने पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसका विजेतालाई जनही नगद १५ हजार, उपविजेतालाई १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

लन टेनिस खेल र खेलाडी विकास गर्ने उद्देश्यका साथ संघले निरन्तर खेल गतिविधि गर्दै आएको संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए । उनका अनुसार बुटवल नगरपालिकाबाट १२ लाख रुपैया सहयोगमा हुने प्रतियोगिता आयोजना गर्न करीब १७ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा रेकिङ एक सय बढि खेलाडीहरुले भाग लिनेछन ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : २२ बजे

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको