१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

विप्लव नेकपासँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन, संचार मन्त्रीले नाम सार्वजनिक गर्दै



काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न वार्ता टोली बनाएको छ ।

दुई पक्षबीच विगत केही दिनयता भएको अनौपचारिक छलफल पछि औपचारिक वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारी वार्ता टोलीको घोषणा गर्ने जनाइएको छ ।

केही दिन पहिले विप्लवले विज्ञप्ती जारी गर्दै वार्ताको उचित वातावरण बनाएर सरकारसँग वार्ता गर्न तयार रहेको जनाएका थिए । तर, उनकै पार्टीका नेता धर्मेन्द्र वाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि अदालत परिसरबाटै प्रहरीले गिरफ्तार गरेपछि विप्लव नेकपाले सरकारको नियतमा शंका गरेको थियो । त्यसयता पनि विभिन्न जिल्लामा सो पार्टीका मुख्य नेताहरु पक्राउ परिरहेका छन् ।

तर, भित्रभित्रै भैरहेको अनौपचारिक छलफलले औपचारिक वार्ताको वातावरण बनाएको विप्लव नेकपाका एक नेताले बताए । ती नेताका अनुसार सरकारले वार्ता टोली गठन गरेपछि उनीहरुको वार्ता टोली पनि काठमाडौंमा सार्वजनिक हुनेछ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन भएपछि प्रचण्ड नेपाल पक्षलाई देखाइदिनका लागि प्रधानमन्त्री ओलीले विप्लवसँग वार्ताको प्रयास गरिरहेका छन् ।

विप्लव समुहलाई शान्तिपूर्ण राजनीतिको वातावरण बनाउन सके सो समुह आफुप्रति सहयोगी बन्ने ओली समुहको विश्वास रहेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई यसअघि ओली नेतृत्वको सरकारले नै खुला राजनीतिमा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  १२ : ४६ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले