२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रचण्ड-नेपाल नेकपा केन्द्रीय कमिटी बैठक : संसदीय दलको उपनेताबाट हटाइए सुवास नेम्वाङ



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई हटाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको उपनेता रहेका नेम्वाङलाई पदबाट हटाएको हो ।

केन्द्रीय कमिटी बैठक बस्नु अघि बसेको स्थायी कमिटी बैठकले नेम्वाङलाई उपनेताबाट हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लगेको थियो ।

नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन बैठकले निर्देशन दिएको छ। नेम्वाङ अहिले नेकपाको ओली पक्षका नेता हुन् ।

संसदीय दलका नेता विरुद्ध एक चौथाई सांसदले निवेदन दर्ता गरे दलको उपनेताले १५ दिनभित्र अनिवार्य रुपमा संसदीय दलको बैठक बोलाउनुपर्ने नेकपा संसदीय दलको विधानमा लेखिएको छ ।

तर, उपनेता ओली पक्षतिर हुँदा प्रचण्ड नेपाल पक्षले ओली विरुद्ध संसदीय दलभित्रै औपचारिक रुपमा अविश्वासको प्रस्ताव ल्याउन सकेको थिएन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ११ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला