१६ असार २०८३, मंगलबार | June 30, 2026

सरकार र विप्लव समुहबीच तेस्रो चरणको वार्ता जारी



काठमाडौं । सरकार र प्रतिबन्धित विप्लव समुहबीच आज तेस्रो चरणको वार्ता भैरहेको छ ।

हिजो बुधबार भएको दुई चरणको वार्ता सकारात्मक दिशामा अघि बढेपछि आज निर्णयक चरणको वार्ता बसेको हो ।

वार्तामा सरकारी टोलीले हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने ग्यारेन्टी खोजेको थियो भने विप्लव समुहले पार्टीमाथिको ‘प्रतिबन्ध फुकुवा र जेल हिरासतमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गरेको थियो । धेरै विषयमा सहमति भैसकेका कारण आजको वार्ता पछि संयुक्त वक्तव्य जारी हुन सक्ने बताइएको छ ।

सरकारले जघन्य अपराधको मुद्दामा अदालतले पूर्पक्षका लागि थुनामा पठाएका बाहेक अन्यलाई रिहा गर्न र प्रतिबन्ध फुकुवा गर्न सहमति जनाएको छ । दुई पक्षबीच पूर्ण सहमति भएमा मन्त्रिपरिषद बैठकमार्फत सरकारले प्रतिबन्धको फुकुवा गर्नेछ ।

विप्लव समुहको वार्ता टोलीले सरकारसँग भएको वार्ताबारे महासचिव विप्लवसँग गएराति कुरा गरेको थियो ।

सरकारी वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले गरेका छन् । विप्लव समुहको वार्ता टोलीको नेतृत्व प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ ले गरिरहेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  १० : २९ बजे

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राजधानी दैनिकका तत्कालीन सम्पादक मिश्रलाई चार महिना कैद

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गाली बेइज्जती मुद्दामा राजधानी दैनिकका

महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल नेपालबाट बेलायत

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग