५ बैशाख २०८३, शनिबार | April 19, 2026

रुपन्देही सुपरलिग : वेष्टर्न विजयी, देवदह घटुवा



भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार डिभिजन ‘ए’को खेलमा वेष्टर्न क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई १३६ रनले फराकिलो अन्तरले पराजित गरेको छ । हारसँगै देवदह भने रेलिगेसनमा परेर ‘ए’ डिभिजाबाट ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएकोे वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ९ विकेट क्षतिमा २२१ रनको योगफल बनायो । उसका लागि विक्रम भुसालले ४९, राहुल कुमारले ४६, अनिल खरेलले नटआउट ३६ र सन्देश थापाले २१ रन बनाए । बलिङमा देवदहका विकाश श्रेष्ठले ३, अर्जुन रायमाझी र संदीप पाण्डेले २÷२ तथा सुदिप जिसी र सुरज खड्काले समान १÷१ विकेट लिए ।

प्रतिउत्तरमा देवदह २२.३ ओभरमा अलआउट हुँदै ७५ रनमै समेटियो । उसका लागि सुदीप जिसीले नटआउट १८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्न बलिङमा वेष्टर्नका अनिल खरेलले ६ ओभरमा २ मेर्डन राख्दै ९ रन खर्चेर ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, एकेन्द्र कुमारले २ तथा सन्देश थापा, हरजित सिंह र राहुल कुमारले १/१ विकेट लिए । शुक्रबार डिभिजन ‘ए’ का तिरुपति क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ९ : ४२ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको