२४ बैशाख २०८१, सोमबार | May 6, 2024

गोरखा लाप्राकको नमूना बस्ती वैशाखमा हस्तान्तरण



गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ ।

गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्तीको निरीक्षणका क्रममा संघका अध्यक्ष कुमार पन्तले आगामी वैशाख १२ गते बस्ती हस्तान्तरण हुने जानकारी दिएका हुन् ।

उनले लाभग्राहीलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई आफूहरुले ताकेता गरिरहेको बताए । भूकम्प गएको दिनमै वस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएकाले सो समयभित्रै बस्ती निर्माणका सम्पूर्ण काम सम्पन्न गर्न लाभग्राहीलाई आग्रह गरे ।

अध्यक्ष पन्तले वस्ती निर्माणमा सहयोग गर्ने प्राधिकरण, शहरी विकास मन्त्रालय, गैरआवासीय नेपाली, केयर नेपाल, नेपाली सेना, लाभग्राही र गाउँपालिका तथा वडा कार्यालयलाई धन्यवाद दिए ।

प्राधिकरणका सचिव मणिराम गेलालले प्राधिकरणका तर्फबाट पूर्वधार विकासका लागि प्रतिलाभग्राही प्राप्त हुने रु चार लाख अनुदान दिने प्रतिबद्धता व्यक्त गरे ।

लाभग्राही राज गुरुङले नमूना वस्ती तोकिएको समयमै सम्पन्न हुने बताए । परियोजनाका सहसंयोजक श्याम तामाङले एक महिनाभित्र वस्ती निर्माण सपन्न गरिने बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : २६ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र