१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

शान्तिपूर्ण राजनीतिप्रति प्रतिवद्धता छ, वैदेशिक हस्तक्षेप विरुद्ध अन्तिमसम्म लड्छौं : विप्लव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिप्रति प्रतिवद्धता जनाएका छन् ।

काठमाडौंमा आयोजित सरकार र नेकपाबीचको सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले सरकारसँग भएको तीन बुँदे सहमतिलाई आफ्नो पार्टीले इमान्दारितापूर्वक पालना गर्ने बताएका हुन् । विप्लवले सबै पक्षले सरकारसँग भएको सहमतिमा देश बनाउने आकांक्षा लुकेको बताए ।

विप्लवले भने, ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै कुरा होइन, यो सहमति पार्टी रकेही नेताको मात्रै कुरा होइन, यो सहमतिको पछाडि हाम्रो सहमतिमा लुकेको महान् आकांक्षा छ ।’

विप्लवले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको बताए । विप्लवले भने, ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पुरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन् ।’

महासचिव विप्लवले नेपाल देशलाई एउटा आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना रहेको बताए । उनले देशमा वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्दै विदेशी हस्तक्षेप विरुद्ध शरीर धर्तीमा बिलाउन्जेल संघर्ष गरिरहने प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ३ : ४० बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले