१ पुस २०८२, मंगलबार | December 16, 2025

पुष्पकमल दाहाल प्रचण्ड नेकपा संसदीय दलको नेतामा चयन



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

प्रचण्ड नेपाल पक्षको नेकपानिकट सांसदहरुको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड नेपाल पक्षले ओलीलाई कारवाही गरेर प्रचण्डलाई दलको नेता भएको घोषणा गरेको थियो । तर, कानुनी रुपमा वैधता दिनेगरी सो पार्टीले आज औपचारिक रुपमा दलको नेता चयन गरेको हो ।

संसदीय दलका मुख्य सचेतक देव गुरुङले भने, ‘यसअघि हामीले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेका थियौं । तर त्यतिबेला प्रतिनिधिसभा नभएको हुँदा केही कानुनी विषय बाँकी रह्यो । अहिले विधिवत रुपमा अध्यक्ष कमरेड प्रचण्डलाई चयन गरेका हौं ।’

जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । दलको नेताको प्रस्ताव माधव कुमार नेपालले गरेका थिए भने पम्फा भुषालले समर्थन गरेकी थिइन ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ०९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज