३ चैत्र २०८२, मंगलबार | March 17, 2026

प्रचण्ड-नेपाल नेकपाले निर्वाचन आयोगलाई पुनः बुझायो ५ पन्ने पत्र, अविलम्ब विवाद निरुपण गर्न माग



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगसमक्ष पुनः आधिकारिकताको माग गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु शुक्रबार आयोग पुगेर अलिबलम्ब आधिकारिकताको विवाद निरुपण गर्न आग्रह गरेका छन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पाँच पृष्ठ लामो पत्र आयोगलाई बुझाउँदै आफुहरु नै आधिकारिकत नेकपा भएको दाबी गरेका छन् ।

प्रमुख आयुक्त थपलियाले आइतबार आयोगको बैठक बस्ने जानकारी दिँदै अब प्रक्रिया सुरु गर्ने बताएका छन् । आयोग पुगेका नेता राजेन्द्र पाण्डेले भने, ‘तत्काल विवाद निरुपण होस भनि निवेदन दिएका छौं । आइतबार आयोगको बैठक बसेर प्रक्रिया अघि बढाउने आश्वासन प्रमुख आयुक्तबाट पाइएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटिसकेको छ । तर, कानुनी रुपमा निर्वाचन आयोगले अझैसम्म पनि दल विभाजनको मान्यता दिएको छैन । प्रचण्ड नेपाल पक्षले आजसहित तीन पटक आफ्नो आधिकारिकता दाबी गर्दैै विवाद निरुपण गर्न आयोगलाई निवेदन दिएको छ ।

आयोगले नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिएको थियो । सो केन्द्रीय कमिटीमा प्रचण्ड नेपाल पक्षको स्पष्ट बहुमत रहेको छ । गत माघ २० गते प्रचण्ड नेपाल पक्षले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउँदै आधिकारिताको माग दाबी गरेको थियो ।

आयोगले नेकपा विवाद निरुपण नगर्दै राजनीतिक अन्यौल बढेको भन्दै पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विज्ञप्ति नै जारी गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : ०१ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै