१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सुनको पिँजडा (भाग-२)



सामान्य पान,गुटखाको व्यापारी थिए सुकलाल गुप्ता । उनले त्यही व्यवसायले तीन छोराहरुलाई महेन्द्र मा.बि मा पढाए । आधा व्यापार आधा स्कूल गर्दै सामान्य सात आठ कक्षासम्म पढाएर गुणन,भागसम्मको हिसाव राम्रोसंग गर्नसक्ने र देवनागरिक लिपी हिन्दी र नेपाली पढ्न,लेख्न सक्ने भएपछि उनीहरुको शैक्षिक गतिमा पूर्णविराम लाथ्यो ।

त्यसपछि अलिकति आर्थिक ऋण भार उठाएर सानो तिनो किराना पसल सुरु गरे,सुकलालले । सदुपयोग भएको खण्डमा जिन्दगीलाई उठाउने पाटो, दुरुपयोग भएको खण्डमा विनासको बाटो । जे होस उनीहरुको पारिवारिक जिन्दगीको मोड पान पसलबाट किरानातिर सोझियो ।

गणेशबहादुर जीसी

भाग्यबस व्यवसाय प्रगतिको उकालातिर लम्कियो । एक त तीनवटा छोरा पाउनु नै सुकलाल परिवारको लागि लाटरी थियो, संस्कारले दिएको भाग्योदय चिट्ठा । उनले ऋणभार उठाउदा तिर्ने कल्पनाको भरपर्दो डोरी पनि त्यही थियो, छोराहरुको विहामा आउने दहेज ।
सुल्टो बाटोबाट उँभो लागेको समय । क्रमशः तीनै छोराहरुको विवाह भयो,एक दुई बर्षको अन्तरालमा । ससुरालबाट माग अनुसार भाग हात लागेको दहेजले उनीहरुको आर्थिक समृद्धि पुष्टिदै गयो,बेलुनमा हावा भरे झैं ।

गतिशीलसमय । सुकलालको जेठो छोरो सुरेशबाट छोरी पैदा भएपछि, बुढाबुढीको नुर घोप्टियो । तर सुरेशको छाति भने गर्वले ढुक्क फुलेको थियो । किनकी बाहिरी सत्संर्ग बाट माझिन चाहने,रुढताको अँध्यारोबाट निस्कन चाहने सुरेश, छोरालाई मात्र सन्तान मान्ने, “छोरा भए फाइदा– छोरी भए घाटा”देख्ने संस्कारलाई घृणा गथ्र्यो ऊ । त्यही संस्कृतिभित्र लक्ष्मीको रुपमा उदाएकी सुनिता संस्कारमाथीको एक झिल्को चुनौति पनि थिई ।

अग्रगामी समयसंग हुर्कदै गरेकी सुुनिता चार बर्षको मैदानमा खेलिरहेकी थिई । छोराहरुलाई टिपटाप संस्कृति सिकाइरहेका सुकलालको लागि नातिनीको पढाई “नजाने गाउँको बाटो” थियो । छिमेकी घरको समकालीन रुद्र गुरुङ्ग सुनिताको दुई बर्षे उमेर देखिको गुडिया खेल्ने बालसखा थियो । जब चार बर्षमा हिड्दै गर्दा रुद्रलाई उसको बाबु लोकबहादुर गुरुङ्गले निजी स्कूल ब्राइटलैण्डमा भर्ना गरिदिए । नयाँ ड्रेसमा झोला बोकेर डब्बामा बसी स्कूल जाने आउने गरेको रुदलाई्र देखेर सुनिताको मन कल्पित त थियो नै । स्कूलबाट आएपछि रुद्रले सधैं आफmनो स्कूलको बखान–“चिप्लिने खेल्न पाइन्छ, घुम्ने,उफ्रिने खेल्न पाइन्छ । स्कूलमा मलाई खुब रमाइलो लाग्छ”भन्ने रोमाञ्चकताको अलिकति वासना थाहा पाएपछि सुनिताको बालमनोविज्ञानले स्कूलमोह जगायो र आकांक्षा बाबुमा तेर्साई–

“पापा हमुँ पढे जाइबे,रुद्दके इछकूलमैअँ”

रुद्रको स्कूलमा भर्ना हुन जाने छोरीको आकांक्षा सुरेशले आफना बाबु आमालाई राख्यो । पुरातन संस्कृतिको मनोग्रन्थीले ग्रस्त उनीहरुको सहमति राम्रोसंग नउघ्रिएपछि ऊ आफै तम्सियो । छोरीको नजिकको अभिभावक म हुँ । उसको यो सकारात्मक आकांक्षालाई जसरी पनि साकार पार्ने अठोट मनमा उमा¥यो,सुरेशले । अनि करीब एक महिनाको अन्तरालमा छिमेकी साथी लोकबहादुर गुरुङ्गको साथमा गएर सुनितालाई पनि भर्ना गरी आयो,ब्राइटलैण्ड स्कूलमै ।

स्कूलमा पढ्दा कहिलेकाँही लैङ्गिग दूरी भए पनि घरमा आएपछि सीमाहीन थिए,उनीहरु । घरमा आएपछि उनीहरुको होमवर्क प्राय रुद्रको घरमा हुन्थ्यो भने गुडिया खेलको मैदान सुनिताकै घरमा । छोरीले “मेडम लोग होम वक दिहिन है सिखाइ देओ न पाप्पा”भनेपछि सुरेशले आफनो थाप्लाको भारी गुरुङ्गतिर पन्छाइदिन्थ्यो, “रुद्रके साथ सिख ले जा विटिया । उके बाप सिखाइ देहै ,”भनेर । लोकबहादुरसंग सुरेशको अन्तरङ्ग सम्बन्ध थियो,दाइ भाईको रुपमा । यसरी सुनिता–रुद्रको घुलमिल धानको व्याड जस्तै थियो,घनिभुत । सुन्तलीको टोल, चामल,दाल,नुन,बेसार,मसला आदिको मिश्रण बस्ती थियो । बहु जात देशी र बहुजात,पहाडी भएको सर्व जात वर्ग सम्मन्न । त्यही सामाजिक संरचनासंग परिचित थियो,सुरेन्द्र

समयले सुनितालाई उडाइरहेको थियो । उमेरले सातको खुट्किलोमा टेक्दा सुनिताका दुई भाईहरुको पनि उदय भैसकेको थियो । सुकलालले परम्पराको मियो समातेर नातिनीको विहाको चर्चा उठाए । सुरेशले असहमति जनाउदै भन्यो–
”अभि नहीँ पापा । सादीका भी उमर होयन्चाही न ? ओह पहिलेको जमाना अब नसोचो । सादी और जवानी एकदुसरेसे अन्तरसम्बन्धित है । लड्की हो वा लड्का, बिन खुद सोच समझने तब सादीसे पुरुष और नारी गठबन्धन बेकार है पापा ”। भनेर बाबुको दिमागलाई युटर्न गर्दै उसको संस्कारलाई झट्का दिएको,थियो । यद्यपी सुकलाल र दुर्पताको लागि छोराको त्यो बोली गह्रौँ भैरहेको थियो ।

पहिले त सुकलालको विद्रोह फुट्यो,राता गोलभेँडे आँखा तेर्साउदै–”अस कहाँ होई पाई ? कौनमेल बात करथो तु आजके लौँडे । हम अपन परम्परा कैसे तोड सक्ते हैं ? तुरे कहेसे ? यि ना होइपाई” ।

अनि सुरेश असमञ्जसमा परेर समाजमा घटेका जिवित घटनाहरुतिर घोत्लियो । र बालविवाहको दुष्परिणामका स्मृत चित्रका पानाहरु पल्टाउन थाल्यो –ः छ बर्ष नपुग्दै बिहा गरेर माइत बसेकी मैकु ठाकुरकी छोरी नन्की उमेर पुगेपछि गौनाथौनाको विधि पु¥याएर घर पाठाउन नपाउदै उसको दुलाहाले अर्कै केटी टिपेर अंग्रेज पछि उसको वैवाहिक जिन्दगी पटाक्षेप भएको थियो ।
यस्तै कल्लु भुजुवाकी छ बर्षकी छोरी अनितालाई रुपैडिहा विहा गरिएको थियो । जोवन फक्रिएर वासना चढेपछि द्विरागमनको लागि बाबुले गौना व्यवस्था गरे । दुलही लिन आएको दुलाहा,मनस्थिति असन्तुलित रहेछ ,जथाभावी बोल्ने ।

सियाराम खट्टिककी छोरी मुन्नी खट्टिकलाई चारै बर्षमा बाबागञ्जमा विहा गरिदिएका थिए । विहा गरेको पति बाह्र तेह्र बर्षको उमेरमा आँखा पाकेर समयमा उपचार नपाएपछि एउटा आँखा अन्धो भएछ । भाग्यलाई दोष दिएर विधिपुर्वक घर पठाइदिए ।

फक्रिएको,चैतन्य जीवनको अञ्जुलीमा प्रेमलाई राखेर आत्माले परस्पर जोडेको प्रेममय,आनन्दमय,चिरस्थायी दाम्पत्य जीवन जिउन पाउने आम सन्ततीहरुको अभिप्सा र नैसर्गिक अधिकारमाथि कुठाराघात गरेर अबोध बाल्यावस्थामै विवाहरुपी पासो भिराइदिने गर्छन्,पुरातन संस्कारको डोरी छोड्न नचाहने रुग्ण चिन्तनका दम्भी अन्धविश्वासी समाजका अभिभावकहरु । यसरीे संस्कृतिको चेपुवामा परेर बाल्याअवस्थामा विहा गरिदिने पछि पश्चातापको भुङ्ग्र्रोमा जलिरहेका गाउँले युवती,युव कैयन कारुणिक कथाहरु सुरेशको स्मृतिपटलमा सिनेमाको रिल झैं घुम्न थाल्यो ।

अब बाबु आमाको चित्तमा अलिकति क्रान्तिको झिल्को बाल्ने सोच बनाएर आफनो स्मृतिका दृश्यहरु अक्षरशः देखाउँदै सुरेशले उनीहरुको दिमागमा लागेको कालो पट्टी उघार्दै दृढता अगाडि सा¥यो–
“देखो पापा ! हमार गाउँकी…. के दसा तो जान्तेही हो न आप ? यही मारे हमार विटियाके सादी अभि नाई । कुछ नहो तो दशतक पढ्ले,तब उसके बाद सोचाजाय ।
सुकलालको दिमागमा छोराले देखाएको श्रव्य चित्र सुनेपछि एकछिन विस्मित भए ।
बुढीको जिज्ञासा छचल्कियो–“बादमैअँ अपन विरादारीमैँ लड्का नमिली तौ ?”
सुरेशको मनमा त थियो, आफनै जात किन चाहियो र योग्य बर पाए जुनसुकै भए पनि योग्य वर पाए भैगोनि । आफनो विचारलाई नेपथ्यमा राखेर आमा,बाबुको ध्यानकर्षित गराउदै सुरेश –
“अम्मा ! का बात करथियो ? बहुत मिली बर । आजकल पढे,पढाइके सादी करेवाला बहुत होइगवा है । औरे जात विरादार,और हमार लल्लु,पप्पु, संजय,विजयका नाइ देखे हो ?जो पढे,बढे होइके सादी किहिन है ।” पहाडी लोगनका नाइ देखि हो ? कैसा अच्छा घरबार होथय । जो बढे,पढे सादी करथे, उनेके विटियाको हमार जैसे समस्या तो नाइ हो थे । हमारी विटियौंका यैसी कच्ची उमरमे सादी नाकरबे । य बहुत कच्ची काम है । सुकलाल मुखमा बलेको आक्रोस निबाउँदै–“ले भैया लड्की तुवार है जस मर्जी । हम अभि नबताइवे । बादमे देखा जाय ।”
मुखले अहिलेलाई सहमति जनाए पनि अन्तर्यमा बुढीको माइत श्रावस्तीवाला गढेको थियो । आफनो विरादरलाई नछोड्ने र हुन्छ भनेर प्रतीक्षामा अल्झाउने बलियो सोच कायमै थियो,उनको ।

छिमेकी शिक्षित लोकबहादुर गुरुङसंगको अन्तरङ्ग मित्रताबाट आत्मिक सौन्दर्य, चेत भएको सुरेशले आमाबाबुको दिमागमा अलिकति सुन्दर चेत प्रविष्ट गराउन आफू सफल भएको अनुभूत ग¥यो,उनीहरुको मौनताबाट । तर त्यो अनिश्चयको गर्भगृहमै थियो ।

बाबुको सकारात्मक सोचले पुरातन संस्कृतिको अबोधकालीन विहाको हठ तत्काल कर्नर लागेपछि सुनिताको पढाईको गति लगभग अगाडि बढ्ने सुनिश्चित भयो । उसका अवरोधका काँडाहरु पन्छिए । उन्मुक्तिको खुला आकाशको रङ्गमञ्च उसलाई प्राप्त भयो,तत्काल ।
सुनितालाई डो¥याइरहेको समयको डोरीले तानेर रङ्गिन पूmलोद्यानमा पु¥यायो । बहु संस्कृतिसंग घुलमिल हुँदै उज्यालो संसारमा उन्मुक्तिको पखेटा फट्कार्न पाएकी थिई,उसले । अनुहारमा टल्किएका दुईटा आँखाबाट बहुरुपी बहुरङ्गी मानव अनुहारहरु छामिसकेकी थिई, सुनिताले । पूर्वबाट उदाइरहेकी कलिली बाला सत्रको खुट्किलोसम्म पुग्दा फक्रिएको फूल जस्तै जवानी फुलेर सुवासित भएकी थिई । ओठमा मधुर मुस्कान, वक्षस्थलमा हिमाली सौन्दर्यता भरिएको थियो ।
जीवनको परिवर्तन । रुद्र, अन्तरङ्ग स्वच्छ साथी थियो उसको । ओठमा फत्रिएको बुर्बुरे पातलो जुङ्गा । सुनिताको जीवनमा पनि बैंसालु रङ्ग चढेको उसको छातिले प्रकट गरेकोे थियो । जो समयको उकाली पदचिन्ह । रुद्र र सुनिताको मित्रतामा आत्मीयता थियो, स्वच्छता थियो, सत्यता थियो, वासनारहित । नर्सरीदेखि एघार कक्षासम्म अध्ययन गर्ने क्रममा सुनिताको जीवनको नाट्यशालामा धेरै पात्रहरु खेल्न आए,पुरुष स्त्री लिङ्गका बहुरङ्गी मानव पात्रहरु । यद्यपी अबोध बाल्यकाल देखि अन्तरङ्गमा जोडिएको रुद्र, उसको हृदयमा प्रेमको अङकुर पलाएको थियो । दुबैको आत्मा नजिकिएको संकेत,उनीहरुको भावुक भावभङ्गीले गरिरहेको थियो ।
अब सुनिताको पुष्टिएको,फक्रिएको बैंसालु फूल कसैमा समर्पित गर्नु थियो । अरुको लागि र आफनै लागि । तर आपूmले रोजेको जीवनसाथी पाउनेमा कुनै ननिश्चयको गर्भगृहमै सीमित थियो । प्रेमले रसाएको आँखा, मन भिजेको जीवन, रुद्रसंगै साटासाट गर्ने उसको अभ्यन्तरले बोलिरहेको थियो ।

परन्तु दुर्भाग्य । मन जुरे पनि लगन जुरेन । तनको आह्वान भए पनि समयले जिन्दगीलाई लुटेपछि सुनिताको जिन्दगीको पाइला अन्तै चिप्लियो । सुनिता–रुद्र वीच एक शैलीको प्रेमको महललाई अन्ततः संस्कारको चट्याङ्गले ध्वस्त पा¥यो ।

०००
एकदिन, नातिनीको जीवन फक्रक्क फुलेको देखेपछि सुकलाल गुप्ताले आफनो पूर्व लक्ष्य अनुसार छेकाउनी गर्न जाने निधो गरे । भारतको श्रावस्तीमा भारतीय मूल नेपालीहरुको चेली लेनदेनका विरादारी नातेदारहरु थुपै्र थिए । जसमध्ये ससुराली पट्टीबाट नाता पर्ने विरादारी थिए, खाद्यान्न गल्ला व्यवसायी भगवानदास गुप्ता । जोसंग जोडिने सुकलालको बाह्र बर्ष पहिलेको महत्वाकांक्षा थियो । तर उनको परम्पराको त्यो फेर् आफनै सचेत छोरो (सुनिताको पिता) सुरेशले चुँडाई दिएको थियो,तत्काल । तत्काल, उनीहरुले संस्कारको मियो समातेर सात बर्षकी अबोध बालिका सुनितालाई यज्ञकुण्डमा ंिसन्दुर हाल्न दिएको भए उसको पढाइको आकांक्षा त्यतीबेलै थला पर्ने थियो । शिक्षाको आकाशमा बादल लाग्थ्यो । परोक्षताको प्वालबाट संस्कारले छेको हाल्न सक्थ्यो होला । विवाहिताको अङकुस र साडीको घुम्टोले छेक्थ्यो उसलाई । बाल्यकालमा अर्पिएकी सुनिताको जवानीलाई पर्खि बसेकाहरुले सोह्र बर्षको खुट्किलो टेक्नासाथ गौना लिएर शरीर हासिल गरेपछि भुुर्रर उडाई लान्थे होलान् । सो अवरोधको काँडा पन्छिएको थियो, तत्काल । सचेत बाबुका कारण ।
जे भए पनि अहिलेसम्म शिक्षाको द्वारमा छिरेपछि, सुनिताको जिन्दगीमा प्रभातको घाम लागेको थियो । खुला आकास मुनीको जीवन र जगतलाई केलाउन पाएकी थिई । जीवनचक्रको गाम्भिर्यतालाई छाम्न पाएकी थिई,भलै अनिश्चित क्षणिकता भए पनि ।

क्रम भङ्ग
अन्तत्वगत्वाः उसको जीवनको पदचापलाई पुरातन रुग्ण संस्कारले घिसार्दै मियोमा पु¥याएको थियो । जहाँ उसको बाजे सुकलालले नातिनी सुनिताको छेकाउनीको लागि श्रावस्ती जाने तयारी गर्दै थिए ।
सुरेशले भन्यो–कहाँ जाथो पापा ?
स्वनिर्णय सुनाउदै सुकलाल–“श्रावस्ती जाइथे, अबके हमार नातिन् सयान होइगइ न ? वहीमारे सादी वास्ते जाइथे,छेकाउनी करे” ।
असमञ्जसतामा परेको सुरेशबाट छोरीको प्रतिरक्षा प्रयास–
आखिरकार आप अपन नातिन्को ओत्तादूर भेजी हो पापा ?”छोरी आफनो भए पनि आफनै सन्तानको स्वतन्त्रताको निर्णय गर्न अब ऊ असमर्थ थियो,संस्कारको बारले छेकेर ।
सुकलालको पूर्व अठोट पग्लिएन । आफनो लक्ष्य उलङघन गर्न नपाउने गरी बार लाउँदै सुकलाल–
“दूरका का बात है ? वहाँपर हमार लोगनका और कइ लड्कियाँ है,जहाँसे तुरे आम्मा आई है ? हमार बिरादार लोग सैगर वहीँपर तो है । हमार कुछ बात भी चल रहा है । तु चुप रह । बढी हुई लड्की कहुँ इधर उधर होइ जाइ तो, जात विरादारलोग का कही ? कल हुक्का पानी बन्द करेवाला मामला पड्जाइ तो ?का करी हो?
सत्य, सुरेश चाहन्थ्यो, आफनै छायाँ वरिपरि छोरीको घर परोस, बेलाबेलामा आफनो नजर छोरीमा परिरहोस,चाहे अन्तरजातीय किन नहोस । तर बाबुको कठोर हुकुम अगाडि उसको आकांक्षा स्खलित भयो । असमञ्जसतामा डुबेको उससंग मौनता सिवाय केही बाँकी रहेन ।

भोलीपल्ट, कालीमाको घुम्टो नघिद्र्रै चारै बजे सुकलाल खैरो देहाती कमिज र सेतो सुकिलो धोती,जुहारी कोट पहिरिएर झोलामा मीठाई,अँगोछा र कमिजको खल्तीमा डली, पान,तमाखु–चुनको डब्बा र सुपारी काट्ने सरौता हालेर श्रावस्ती यात्राको लागि रेल चढ्न रुपैडिहातिर हान्निए ।

सुकलाल, भगवानदासको घर श्रावस्ती पुगे । ससुराल । भगवानदासले शिना मिलाएर जिजालाई अभिवादन गरे । उचित स्वागत सत्कार । शीतलको लागि भगवानदासकी पत्नी रीताले तुरुन्तै गुँड–पानी ल्याएर दिइन् ।
सम्वादक्रम अगि बढ्यो । सुकलालको नातिनी,सुरेश गुप्ताकी छोरी सुनिता गुप्ता र भगवानदास गुप्ताको नाति, अर्थात रामप्रसाद गुप्ताको छोरा आकाश गुप्ताको विवाह निर्धारित भयो । एक हप्तामा सुकलाल परिवारले तिलक पु¥याउने भए ।
अर्कोदिन,सुकलाल शुभ समाचार लिएर घर फर्किए । दुई भीना साला । दुरपताको शिर जुरेलीको जस्तै ठाडियो भने सुरेशको नूरको पारो जिरो डिगृको एङ्गलतिर झ¥यो ।

कन्यादानको शुभ साइत । अरुको लागि हर्ष । सुनिताको लागि विष्मात । मानौं,अँध्यारो सुरुङ्गबासको प्रारम्भ । सुरेशको लागि दिमाग लठ्याउने भाङ धतुरोको नशा । घरमा तुषको आगोदेखि जोगिन उसलाई बाबुको अठोटलाई स्वीकार्न वाध्यताको डोरीले बेरेको थियो । अब केवल संस्कारलाई धिक्कार्नु बाहेक अरु विकल्प थिएन ऊसंग । अन्यौलतामा डुबेकै अवस्थामा उसले बाबुलाई सहमति दिएको थियो ।
यसरी आफनै सहरभित्र छोरीले चाहेकै फल टिप्न दिने उसको आकांक्षामा धमिरा लागेर असम्भव बनाइदिएको थियो ।

तिलक उठाउनु पूर्व दिन, सुरेशले छोरीलाई कोठामा बोलाएर पग्लिएको आँखा टिलपिलाउदै आफनो वाध्यताको पूरै पोको खोल्यो–
“छोरी ! संस्कारको भूतसंग मैले हारेँ । गर्नुसम्म प्रयासहरु गरेँ, गौँडा गौंडामा । अब म पराजित भएँ । पढाईलाई अगि बढाउँछु र आफनै मर्जीले विहा गर्छु, भन्ने तेरो कल्पना, आकांक्षालाई मैले बुझेको थिएँ । तर मैले बुझेर मात्र भएन । रीति,परिस्थिति मेरो अगाडि प्रतिकुल भएर उभियो । तेरो सपनालाई सार्थक पार्ने मेरो आकांक्षा, कल्पना अब केवल कल्पनामै सीमित भयो । म विवशछु,छोरी । तैले चित्त नदुखाएस, म भोली पापासंंग तिलक लिएर जाँदैछु ।”

लक्ष्यको उकालो चढ्दै गरेकी सुनितालाई अचानक बाबुको पग्लिएको आँखा र थर्थराएको ओठबाट पोखिएको बाध्यताको नैराश्यपूर्ण शब्दहरुले छाँगाबाट खसालेर दहमा पछा¥यो । यद्यपी बाबुलाई ढाढस दिँदै भनी–
पापा ! मन शान्त पार्नुस । परिस्थितिले हामीलाई समयको पकडण्डी छोडेर संस्कारको पकडण्डी समाउन बाध्य पा¥यो । पहिले मलाई बाबा दाइ(बाजे बज्यै)ले पढाउनै चाहनु भएको थिएन । त्यसबेला पढ्न नपाएकी भए अक्षरहरु मदेखि विराना हुन्थे । त्यो हजुरकै चेतको श्रेयले एक खड्गो पार गरेर स्कूलको प्राङ्गणमा टेक्न पाएँ । बालबिबाहको प्रशङ्गले झटारो हान्यो । त्यो बेला विहा भएको भए छ सात बर्षको उमेरदेखि साडी धोतीको घुम्टोले बेथ्र्यो होला, मेरा बालउमङ्गका फखेटाहरुलाई । कहिलेकाँही आकाश देख्न पाए पनि अधिकांशतः संस्कारको बन्धनहरुले जकड्ने थियो होला । त्यो पनि हजुरकै चेतले खड्गो कट्यो । अब संस्कारको भूतले मलाई लखेट्दै आएकोले हुक्का पानी नामको जञ्जिरमा फसाउन खोजिरहेको छ,मलाई । मलाई लाग्छ पापा ! त्यहाँ गएपछि म अवश्य नजरबन्दीमा पर्नेछु, जसरी मेरी आमा घरको ओडारभित्र लुक्ने गर्नु हुन्छ । उहाँलाई घर जोडिएको पडोसीले पनि चिन्दैन, कस्की स्वास्नी कस्की आमा भनेर । केवल गरीबका स्वास्नीमान्छे मात्र भोक तिर्खा मेटाउन,परिवार रुपी संसारको जीवन यापनको लागि श्रमको मैदानमा लोग्नेसंगै ज्याभल मच्चाउछन्,खुला आकाशमुनी उत्रन्छन् । दाइ आमा त पहिलेदेखि खुलै हुनु हुन्थ्यो होला । तर मेरी आमालाई भने संस्कारगत वैभवको ढोङले छोपेपछि गुप्तवास गराएको होला । बाबाको छात्तिमा चढेको धनको ढोङ्ग ।
मलाई थाहा छ पापा, अरुबाट बुझेकीछु । त्यो सभ्यता हराएको गाउँको स्वनामधन्य घरमा हाम्रो भावनाको मृतु अवश्यम्भावी छ । अब जे जस्तो भए पनि सामना गर्नुको विकल्प हामीसंग छैन, पापा । बस्तुगत यथार्थता नदेख्ने अन्धकारबाट मुक्त हुन नसकेको हाम्रो परिवार । सत्यताको उज्यालो संसार हेर्नै नचाहने, नपाएका हाम्रो पुर्खाको गलत चिन्तनको मारको भोगाई शायद मेरो भाबी जिन्दगी हो । मलाई आशिर्वाद दिनुस् पापा, कि अब परिआएको परिस्थितिलाई आफनो तर्फबाट कुशलतापूर्वक सामना गर्ने सामथ्र्य मिलोस । पापा, अब म संस्कारको पिजडाभित्र हुलिदैछु । जे होस बाबा,दाइ (बाजे बज्यै)को रुग्ण हठले भरिएको घैलामा घाम लागोस् । हजुरको हीनताबोधको घाउ छिटै पुरियोस । के गर्ने त अब हजुरले मलाई एक पटक मात्र हैन पटक पटक गल्छेडाहरु पार गराउदै ल्याउनु त भएकै थियो । तर बाबाले निर्माण गर्नु भएको अन्तिम सुरुङ्गमा म फस्दैछु, संस्कारको भूतले लखेट्न नछोडेपछि । हजुरले त्यो निरपेक्ष समयसंग विद्रोह गर्दै यहाँसम्म पढाएर जगतलाई बुझने अवसर जुटाइ दिनु भयो । जहाँसम्म मलाई विश्वास छ, मेरो बुझाई र मेरो पढाई,मेरो शिक्षा अब मसंगै पिजडामा बन्द हुनेछ । यद्यपी हजुरले मप्रति गरेको योगदान प्रति म कृतार्थछु पापा । बाँकी मेरै जिन्दगीमाथि छोडिदिनुस । मेरो जिन्दगीको भोगाईमा जे जस्ता विघ्न वाधाहरु आइपर्लान् म भोग्न तयार छु, बाबाको नाममा । के गर्ने पापा, अहिले संस्कारको भूतले परिवर्तनको ढोका उघार्न दिएन,हामीलाई । यही विवशता ओड्नु मात्र हाम्रो नियति बन्यो ।

पन्द्रदिनपछि, पूर्वनिर्धारित तिथि मिति । सुकलाल र सुरेश । हुनेवाला दुलाहा पक्षका घरभरिलाई लुगा, फलफुल,मीठाई लिएर श्रावस्ती पुगे, सुनितालाई अर्पण गर्ने संकल्प । तिलक नामको कोसेली । औपचारिकताको पूर्व सांस्कारिक प्रकृया । तिलक दानको औपचारिकता सम्पन्न भयो ।

ब्राह्मणद्वारा तय भएको कन्यादानको निर्धारित शुभ साइत निर्धारण सहित
तिलकदानको औपचारिकता । तिलकदान लिएर गएका बाजे सुकलाल र बाबु सुरेशले कन्यादान (मानौं,ंसुनिताको पखेटा बाँध्ने प्रकृयाको लगन) तारिख तय गरेर आए,अगन (मंसिर)को उजेली पञ्जमी अर्थात तीन महिना पश्चात विहा हुने गरी ।

सुनिताको अवतार

परिवेशमा सन्ध्यादेवीको आगमन भैसकेको थियो । पूर्व निर्धारित तिथिमा भारत श्रावस्तीबाट गल्ला व्यापारी भगवानदास गुप्ताको नाति, हरिदार गुप्ताको छोरा आकाश गुप्ताको जन्ती सुनितालाई लिन दुईवटा कार,एउटा जीप र एउटा बसभरिएर आइपुग्यो । दुलहीको घर नजिक पुग्न लाग्दा ट्युबलाइटहरुका झल्झलाकार । आकासै विदीर्ण हुने खालको संगीतको कर्तल ध्वनी । वातावरणलाई गुञ्जायमान । सुकलाल र सुरेशले जन्तीहरुलाई फूल अक्षता, बतासा छरेर स्वागत गरे । ज्येष्ठता अनुसार दुबै तर्फका सम्धीको सिना(छाति) घर्षण । सुरेशद्वारा दुलाहा पूजन् । तत्पश्चात जन्तीहरुलाई विवाह भोजको लागि टाँगेको विशाल सुसज्जित टेन्टभित्र प्रवेश गराइयो । जहाँ जन्ती स्वागतको प्रतीक्षामा बसेका माइती पाउनाहरु उभिएका थिए । जहाँ रुद्र गुरुङ्ग पनि थियो,सुनितालाई उपहार दिन आएको,माइती पाहुना । अरु धेरै जसो पाउनाहरु, दुलही उपहार ल्याई टेबलमा राखेको कापीमा नाम दर्ता गराई भरपेट विवाह व्यञ्जनहरु खाएर गैसकेका थिए ।

कन्यादानको कार्यक्रमः । विविध जातका फूलको माला र वहुरङ्गी कागजका ध्वजा,माला,पताकाहरुले सुसज्जित भव्य विवाह मण्डप । विविध आभूषण, पोशाक र मेहदी आदिले श्रृङ्गारित सुनिता । यज्ञ मण्डपमा वैवाहिक कार्य । सुनिताको शिरमा दुलहा आकाश गुप्ताको सिन्दुरले भरे पश्चात लगनगाँठो नामक समर्पणको फेर समातेर भगवानलाई साक्षी राखी दुलाहाको अघिअघि लागेर मण्डपमा सात फेरा लगाएपछि सुनिताको जिन्दगीको औतार फेरिएको थियो । जात नफेरिए पनि,घर फेरिएको थियो, नागरिकता फेरिएको थियो, वंश फेरिएको थियो, अंश फेरिएको थियो, सदा सदाको लागि आकाश गुप्ताको पत्नी बनेर जीवन फेरिएको थियो, सुनिताको । तर ऊ कसैकी अर्धाङ्गिनी,जीवन संगिनीभन्दा बढी दासीको रुपमा फेरिएको थियो,उसको औतार । जन्मघरलाई माइतीघर र विवाहघरलाई कर्मघर,छोरीबाट पतोइको रुपमा औतार फेरिएकी सुनिता । मानौं उसको भविष्य आकाश उडान हैन,पाताल गमन भैरहेको थियो ।
०००
भोलीपल्ट, शुभ विवाहको व्यानर टङ्गिएको श्रृङ्गारित कारमा दुलाहाको बायाँ बगलमा बसेर माइतीघरबाट प्रस्थान भई सुनिता । यसरी औतार फेरिएको जिन्दगीलाई संस्कारको सुत्र समाउदै सदाको लागि कर्मघर पुगी सुनिता, भारतको श्रावस्ती । मुग्लान ।

औतार सुनिताको मात्र हैन उसका बाबु बाजेको पनि फेरिएको थियो,भिना–सालाबाट सम्धी,सम्धी । दाजु भाईबाट सम्धी,सम्धी.. अस्तु ।

अनिश्चयको गर्भमा उसको कर्मघर । शरीरभरि सुनैसुन । विन्दिया,हार,कङ्गन, नथनी,कर्दन ,पायल,हातका औंलादेखि खुट्टाका औँलासम्म औँठी आदि सुनै सुन । । ंतर ती सुनहरु विवाहाको दिनमाा समाजलाई देखाउने एउटा ढोङ्ग ।
वस्तुतः समय अगि बढ्दै जाँदा उसका ती गहनाहरु उमङ्गको पखेटा बाँध्ने,अधिकारको हात बाँध्ने,अभिप्साको खुट्टा बाँध्ने,आवाजको मुख बाँध्ने जंञ्जिर रहेछ । सुनिताको लागि । मानौं जसरी रोमको सामन्ती सत्ताले आदि विद्रोही, स्पार्टकसलाई बाँधेको फलामको जञ्जिर हो । खासमा सुनको पिजडा भित्रको सुगा थिई ऊ ।

घरको चोघेरा र साडीको घुम्टो बाहिरको संसार सुनिताको लागि एउटा स्वप्नील दुनिया थियो । झयालबाट चिहाएको घामको प्रकाशले गिज्याएको बेला ऊ कहिलेकाँहि आकाश देखिने छतसम्म जान पाउँथी,लुगा सुकाउन । गल्लीको घरमा जताततै कंक्रिटको जङ्गल देखिन्थ्यो । बस,बाहिरी संसार भन्नु उसको त्यही मात्र थियो । कहिलेकाँही कुँजिएको पखेटा फट्कार्ने,छत । अन्यत्र निस्कनलाई संस्कारको डोरीले कसेको थियो,उसलाई ।

त्यो परिवारका पुरुषहरुको संसार खुल्ला हुन्थ्यो, स्वेच्छिक आवागमन । घरमा क्षितिज कटेका वृद्धा र वृद्धत्वको पदचापमा रहेका महिलाहरुको साम्राज्य । नवागत बुहारीमाथि सारा काम थोपर्न पर्खी बसेका महिलाका ताँती ।
०००००

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १२ : ५६ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।