१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ



कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरूमा सञ्चालन भएको प्रहरी जवान पदको लिखित परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन गरी हस्ताक्षर कृते गरी परीक्षा दिनेहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पक्राउ पर्नेमा कैलालीको कैलाली गाउँपालिका-३ का १८ वर्षीय अविनाश चौधरी, २० वर्षीय लेखराज चौधरी, विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका-३ का गोकुल धामी, २४ वर्षीय दिनेश महरा, बझाङ मष्ठा गाउँपालिका-४ का १९ वर्षीय अजय कठायत, वर्ष १८ का बलराम कठायत, २० वर्षीय कमल कठायत, वर्ष १८ का प्रविन कठायत, बझाङ तल्कोट गाउँपालिका-३ का लोकराज जोशी रहेका छन ।

यसैगरी धनगढी उप-महानगरपालिका ४ का वर्ष १८ का विपिन चौधरी, सोही उप-महानगरपालिका-५ का लक्ष्मण चन्द, वर्ष १८ का सागर बहादुर देउवा, बझाङको तल्कोट गाउँपालिका २२ वर्षीय दिनेश खाती, वर्ष १९ का नविन जोशी, कैलालीको टीकापुर नगरपालिका-२ का वर्ष १८ का सागर बोहरा छन ।

बझाङ थलारा गाउँपालिकाका वर्ष २० का शिवराज नेपाली, दुर्गाथली गाउँपालिका-५ का वर्ष २० का कृष्ण कठायत, १९ का विक्रम बोहरा, बुंगल नगरपालिका-७ का वर्ष २२ का विमल बोहरा र २० का जीवन बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : २० बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को