२० मंसिर २०८२, शनिबार | December 6, 2025

नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ



कञ्चनपुर । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरूमा सञ्चालन भएको प्रहरी जवान पदको लिखित परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रमा फोटो परिवर्तन गरी हस्ताक्षर कृते गरी परीक्षा दिनेहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पक्राउ पर्नेमा कैलालीको कैलाली गाउँपालिका-३ का १८ वर्षीय अविनाश चौधरी, २० वर्षीय लेखराज चौधरी, विशाल चौधरी, दार्चुलाको मार्मा गाउँपालिका-३ का गोकुल धामी, २४ वर्षीय दिनेश महरा, बझाङ मष्ठा गाउँपालिका-४ का १९ वर्षीय अजय कठायत, वर्ष १८ का बलराम कठायत, २० वर्षीय कमल कठायत, वर्ष १८ का प्रविन कठायत, बझाङ तल्कोट गाउँपालिका-३ का लोकराज जोशी रहेका छन ।

यसैगरी धनगढी उप-महानगरपालिका ४ का वर्ष १८ का विपिन चौधरी, सोही उप-महानगरपालिका-५ का लक्ष्मण चन्द, वर्ष १८ का सागर बहादुर देउवा, बझाङको तल्कोट गाउँपालिका २२ वर्षीय दिनेश खाती, वर्ष १९ का नविन जोशी, कैलालीको टीकापुर नगरपालिका-२ का वर्ष १८ का सागर बोहरा छन ।

बझाङ थलारा गाउँपालिकाका वर्ष २० का शिवराज नेपाली, दुर्गाथली गाउँपालिका-५ का वर्ष २० का कृष्ण कठायत, १९ का विक्रम बोहरा, बुंगल नगरपालिका-७ का वर्ष २२ का विमल बोहरा र २० का जीवन बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : २० बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति