८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुगेर खोप लगाएका छन् । प्रधानमन्त्री ओलीसँगै श्रीमती राधिका शाक्यले पनि खोप लगाएकी छिन् ।

प्रधानमन्त्रीले खोप लगाएसँगै दोस्रो चराको खोप कार्यक्रम सुरु भएको छ । सरकराले दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत ६५ वर्ष उमेर समुहभन्दा माथिका व्यक्तिहरुलाई खोप लगाउँदैछ । १५ वटा हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र बाँकी जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोनालाई पराजित गर्ने अभियान सफल बनाउन सबै नागरिकलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि कोरोना खोप लगाएका छन् ।

भारतले अनुदानमा दिएको र खरिद गरेको कोभिसिल्ड खोप नेपालमा लगाइएको छ । आजै विश्वस्वास्थ्य संगगठनले दिएको कोभ्याक्स योजनाअन्तर्गतको पहिलो खोप खोप पनि नेपाल आएको छ । चीन सरकारले अनुदानमा दिने ८ लाख डोज खोप पनि छिट्टै आइपुग्ने बताइएको छ ।

 

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १२ : १३ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन