१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुगेर खोप लगाएका छन् । प्रधानमन्त्री ओलीसँगै श्रीमती राधिका शाक्यले पनि खोप लगाएकी छिन् ।

प्रधानमन्त्रीले खोप लगाएसँगै दोस्रो चराको खोप कार्यक्रम सुरु भएको छ । सरकराले दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत ६५ वर्ष उमेर समुहभन्दा माथिका व्यक्तिहरुलाई खोप लगाउँदैछ । १५ वटा हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र बाँकी जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोनालाई पराजित गर्ने अभियान सफल बनाउन सबै नागरिकलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि कोरोना खोप लगाएका छन् ।

भारतले अनुदानमा दिएको र खरिद गरेको कोभिसिल्ड खोप नेपालमा लगाइएको छ । आजै विश्वस्वास्थ्य संगगठनले दिएको कोभ्याक्स योजनाअन्तर्गतको पहिलो खोप खोप पनि नेपाल आएको छ । चीन सरकारले अनुदानमा दिने ८ लाख डोज खोप पनि छिट्टै आइपुग्ने बताइएको छ ।

 

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १२ : १३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा