१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

भीम रावललाई प्रधानमन्त्री ओलीको जवाफ, – मेरो पार्टी खोज्न सर्वोच्च जानु !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको नाम जान्न मन छ भने सर्वोच्च अदालत जान सुझाएका छन् ।

प्रचण्ड नेपाल पक्षका नेता भीम रावलले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको पार्टी कुन हो भनि प्रश्न गरेका थिए ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावललाई व्यङ्गात्मक जवाफ दिँदै ओलीले आफु नेकपाको साधारण सदस्य पनि नभएको बताउँदै रावललाई नै तपाईं कुन पार्टीको हो भनि प्रश्न गरे ।

ओलीले भने, ‘मैले सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ? मलाई त उहाँहरूले नेकपाको साधारण सदस्यबाट पनि निष्कासन गर्नु भएको थियो। म नेकपाको साधारण सदस्य पनि होइन। अदालतले भन्यो म कुन पार्टीको सदस्य र अध्यक्ष हो।’

ओलीले आफुले प्रतिनिधिसभा विघटन गर्ने सही निर्णय गरेको बताउँदै अहिले पुनर्स्थापना भएपछि रमिता देख्न थालिएको बताए । उनले भने, ‘मुद्दा मामिला गरेर संसद पुनर्स्थापना किन गर्‍या रैछ भन्दा त उफ्रिन नाराबाजी गर्ने रैछ,’ ओलीले भने,ुकम्तिमा मेरो मेख मार्न भए पनि पहिलो बैठक राम्ररी चल्न दिनुपर्छ।’

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  २ : ५३ बजे

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय