१६ असार २०८३, मंगलबार | June 30, 2026

जसपा संसदीय दलको बैठक सिंहदरबारमा



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको संसदीय दलको बैठक बस्दैछ ।

गत बैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर जसपा बनेपनि अहिलेसम्म संसदीय दलको बैठक बस्न सकेको थिए । जसपा संसदीय दलको बैठक तत्कालिन समाजवादी पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । संसद भित्रको समिकरण फेरिएको अवस्थामा सरकार निर्माणमा जसपाको भूमिका बढेको छ । नेकपा एमाले र नेपाली काँग्रेसको सरकार बन्न सकेन भने एमाले र जसपाको सरकार बन्नसक्ने अवस्था छ । यस्तै, नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा मिलेर पनि सरकार बन्नसक्ने अंकगणितीय अवस्था छ । संसदीय दलको विधान र संसदभित्र दलको अवस्थाबारे छलफल हुनसक्ने राजपा नेता एवं सांसद लक्ष्मणलाल कर्णले बताएका छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई साथ दिन जसपालाई आग्रह गरिसकेका छन् । यसका लागि उनले रेशम चौधरीको रिहाई र संविधान संशोधन गर्ने वाचा समेत गरेका छन् । तर, जसपाभित्र ओलीको नेतृत्वमा सरकारमा जान पर्छ र जान हुँदैन भन्नेमा विवाद रहेको छ ।

पूर्व राजपा पृष्ठभूमिका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्ना माग पुरा ओली सरकारमा सामेह हुन सकिने बताएका छन् भने पूर्व समाजवादी पृष्ठभूमिका नेताहरु उपेन्द्र महतो, बाबुराम भट्टराई पक्षले ओलीलाई साथ दिन नहुने अडान राख्दै आएको छ ।

जसपाले आज गर्ने निर्णयले ओली सरकारको भविष्य समेत निर्धारण हुनेछ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वित्तिकै प्रधानमन्त्री ओलीले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक बाध्यता रहेको छ । त्यतिबेला जसपाको समर्थन मिल्यो भने ओलीले सरकार टिकाइरहन सक्छन् । यसका लागि ओलीले जसपा फुटाएर राजपा पक्षको मात्रै मत हासिल भयो भने पनि झिनो बहुमतले सरकार टिकाउन सक्छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : ५८ बजे

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट