१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जसपा संसदीय दलको बैठक सिंहदरबारमा



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको संसदीय दलको बैठक बस्दैछ ।

गत बैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर जसपा बनेपनि अहिलेसम्म संसदीय दलको बैठक बस्न सकेको थिए । जसपा संसदीय दलको बैठक तत्कालिन समाजवादी पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । संसद भित्रको समिकरण फेरिएको अवस्थामा सरकार निर्माणमा जसपाको भूमिका बढेको छ । नेकपा एमाले र नेपाली काँग्रेसको सरकार बन्न सकेन भने एमाले र जसपाको सरकार बन्नसक्ने अवस्था छ । यस्तै, नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा मिलेर पनि सरकार बन्नसक्ने अंकगणितीय अवस्था छ । संसदीय दलको विधान र संसदभित्र दलको अवस्थाबारे छलफल हुनसक्ने राजपा नेता एवं सांसद लक्ष्मणलाल कर्णले बताएका छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई साथ दिन जसपालाई आग्रह गरिसकेका छन् । यसका लागि उनले रेशम चौधरीको रिहाई र संविधान संशोधन गर्ने वाचा समेत गरेका छन् । तर, जसपाभित्र ओलीको नेतृत्वमा सरकारमा जान पर्छ र जान हुँदैन भन्नेमा विवाद रहेको छ ।

पूर्व राजपा पृष्ठभूमिका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्ना माग पुरा ओली सरकारमा सामेह हुन सकिने बताएका छन् भने पूर्व समाजवादी पृष्ठभूमिका नेताहरु उपेन्द्र महतो, बाबुराम भट्टराई पक्षले ओलीलाई साथ दिन नहुने अडान राख्दै आएको छ ।

जसपाले आज गर्ने निर्णयले ओली सरकारको भविष्य समेत निर्धारण हुनेछ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वित्तिकै प्रधानमन्त्री ओलीले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक बाध्यता रहेको छ । त्यतिबेला जसपाको समर्थन मिल्यो भने ओलीले सरकार टिकाइरहन सक्छन् । यसका लागि ओलीले जसपा फुटाएर राजपा पक्षको मात्रै मत हासिल भयो भने पनि झिनो बहुमतले सरकार टिकाउन सक्छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १ : ५८ बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा