१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ओलीले केन्द्रीय सदस्य बनाएका युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ



विराटनगर । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाएका एक नेता हत्या अभियोगमा पक्राउ परेका छन् ।

मोरङको पथरी शनिश्चरे १० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा युवराज बाँस्कोटा पक्राउ परेका हुन् । बाँस्कोटालाई ओलीले आफु पक्षीय नेकपाको केन्द्रीय सदस्य बनाएका थिए ।

भण्डारीको शंकास्पद मृत्यु घटनामा अनुसन्धान गर्न प्रहरीले बाँस्कोटालाई बुधबार पक्राउ गरेको हो । गत पुष १४ गथे भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित घरमा बाँस्कोटाको घरमा मृत भेटिएका थिए । भण्डारीको शरीरमा निलडाम र कानमा चोट देखिएको थियो ।

बाँस्कोटा विरुद्ध भण्डारीको परिवारले पुष २६ गते जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका थिए । मोरङ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनलाई पथरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँस्कोटालाई प्रहरीले आजै म्याद थपका लागि अदालत लैजाने भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : १९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान