२८ भदौ २०८३, आइतबार | September 13, 2026

ओलीले केन्द्रीय सदस्य बनाएका युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ



विराटनगर । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाएका एक नेता हत्या अभियोगमा पक्राउ परेका छन् ।

मोरङको पथरी शनिश्चरे १० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा युवराज बाँस्कोटा पक्राउ परेका हुन् । बाँस्कोटालाई ओलीले आफु पक्षीय नेकपाको केन्द्रीय सदस्य बनाएका थिए ।

भण्डारीको शंकास्पद मृत्यु घटनामा अनुसन्धान गर्न प्रहरीले बाँस्कोटालाई बुधबार पक्राउ गरेको हो । गत पुष १४ गथे भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित घरमा बाँस्कोटाको घरमा मृत भेटिएका थिए । भण्डारीको शरीरमा निलडाम र कानमा चोट देखिएको थियो ।

बाँस्कोटा विरुद्ध भण्डारीको परिवारले पुष २६ गते जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका थिए । मोरङ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनलाई पथरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाँस्कोटालाई प्रहरीले आजै म्याद थपका लागि अदालत लैजाने भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : १९ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू