१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

केपी ओलीसँग सत्ता सहकार्य हुनै सक्दैन : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दैछ भन्ने हल्ला चलिरहेका बेला सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलीसँग सत्ता सहकार्य हुनै नसक्ने टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकपछि संसद भवनमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आफुहरुको मुल उद्देश्य ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नै रहेको स्पष्ट पारे । यादवले ओलीलाई समर्थनको कुनै संभावनै नरहेको जिकिर गरे ।

अध्यक्ष यादवले मधेशका मुद्दा सम्बोधन गर्ने र संघीयता पक्षधर शक्तिहरुसँग सहकार्य हुनसक्ने स्पष्ट पारे । उनले भने, लोकतन्त्रको रक्षाका लागि ‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्दाहरूलाई समर्थन गर्दछ, संविधान संशोधनलाई अगाडि बढाउँछ ती शक्तिहरूसँग सहकार्य गर्ने हो ।

यादवले एमालेको व्यवहार विगतदेखि नै हेरिसेको जनाए । जसपाकै वरिष्ठ नेता राजेन्द्र महतोले मधेशका मुद्दा सम्बोधन, रेशम चौधरीको रिहाई र मधेश र थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता एवं संविधान संशोधनका विषयमा जसले साथ दिन्छ उसैलाई समर्थन गर्ने बताए । महतोले केपी ओलीले विगतदेखि नै ठग्नेबाहेक अन्य काम नगरेको बताए । ओलीले मधेसका मागहरूलाई विगतमा इन्कार गर्दै आएको उनको भनाइ थियो ।

जसपाकै अर्का नेता लक्ष्मणलाल कर्णले आफ्ना मुद्दाबारे सरकारसँग विगतदेखि नै कुरा गर्दे आएको र अहिलेको सरकारलाई पनि ती माग पुरा गर्न आग्रह गरिएको बताए । कर्ण राजपा अध्यक्ष महन्थ ठाकुरले बनाएको वार्ता टोलीका सदस्य हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : २० बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,