७ आश्विन २०८३, बुधबार | September 23, 2026

केपी ओलीसँग सत्ता सहकार्य हुनै सक्दैन : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दैछ भन्ने हल्ला चलिरहेका बेला सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलीसँग सत्ता सहकार्य हुनै नसक्ने टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकपछि संसद भवनमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले आफुहरुको मुल उद्देश्य ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नै रहेको स्पष्ट पारे । यादवले ओलीलाई समर्थनको कुनै संभावनै नरहेको जिकिर गरे ।

अध्यक्ष यादवले मधेशका मुद्दा सम्बोधन गर्ने र संघीयता पक्षधर शक्तिहरुसँग सहकार्य हुनसक्ने स्पष्ट पारे । उनले भने, लोकतन्त्रको रक्षाका लागि ‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्दाहरूलाई समर्थन गर्दछ, संविधान संशोधनलाई अगाडि बढाउँछ ती शक्तिहरूसँग सहकार्य गर्ने हो ।

यादवले एमालेको व्यवहार विगतदेखि नै हेरिसेको जनाए । जसपाकै वरिष्ठ नेता राजेन्द्र महतोले मधेशका मुद्दा सम्बोधन, रेशम चौधरीको रिहाई र मधेश र थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता एवं संविधान संशोधनका विषयमा जसले साथ दिन्छ उसैलाई समर्थन गर्ने बताए । महतोले केपी ओलीले विगतदेखि नै ठग्नेबाहेक अन्य काम नगरेको बताए । ओलीले मधेसका मागहरूलाई विगतमा इन्कार गर्दै आएको उनको भनाइ थियो ।

जसपाकै अर्का नेता लक्ष्मणलाल कर्णले आफ्ना मुद्दाबारे सरकारसँग विगतदेखि नै कुरा गर्दे आएको र अहिलेको सरकारलाई पनि ती माग पुरा गर्न आग्रह गरिएको बताए । कर्ण राजपा अध्यक्ष महन्थ ठाकुरले बनाएको वार्ता टोलीका सदस्य हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : २० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११