१ पुस २०८२, मंगलबार | December 16, 2025

पश्चिम नेपाल यातायात प्रालीमा कम्युनिष्ट र कांग्रेसको छुट्टाछुट्टै प्यानल



बुटवल । यातायात व्यवसाय क्षेत्रमा नेपालकै ठुलो व्यवसायीक कम्पनी पश्चिमाञ्चल यातायात व्यवसायी प्रा.लिको प्रथम अधिवेशनमा कम्युनिष्टहरु र नेपाली कांग्रेसकाबीच राजनीतिक बिचारका आधारमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

बिगत २ कार्यकाल संघको नेतृत्व गरिरहेका दधिराम खरेलको अगुवाईमा नेकपा माओवादी केन्द्र र एमाले समर्थक यातायात व्यवसायीका बीच गठबन्धन बनेको छ भने पदम गाहा मगरको अगुवाईमा कांग्रेस समर्थक यातायात व्यवसायीहरुले प्यानल बनाएर निर्वाचनमा भिड्ने भएका छन् ।

छुट्टाछुट्टै प्याल बनाएका व्यवसायीहरुले आज अलग अलग पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका छन् । आज बिहान कम्युनिष्ट प्यानलका उम्मेदवारहरुले पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए भने सांझ कांग्रेस समर्थक व्यवसायीले उम्मेदवारी घोषणा गरेका छन् ।

कम्युनिष्ट समर्थक व्यवसायीले गरेको पत्रकार सम्मेलनमा बोल्दै वर्तमान अध्यक्ष दधिराम खरेलले कम्पनी ऐन अनुसार पुंजिगत हिसावले आर्थिक हिसाव राख्न सरकारले बाध्य बनाएपनि त्यो सम्भव नभएको बताए । उनले २० वर्ष पुराना सवारी साधन विस्थापन गर्न सरकार आफै नीति बनाउने र विस्थापन गर्दा आफैले कर असुल गर्ने गरेको आरोप लगाए । विस्थापन गर्दा गाडीधनीले कर तिर्न लगाउनु भनेको दाहसंस्कार गर्न लागेको शवमा कर लगाउनु जस्तै भएको खरेलले बताए ।

कम्पनीमा जान व्यवसायीहरुले मन्जुर भएपनि त्यसभित्र रहेका अव्यबहारिक ऐन र कानुनहरु अबिलम्ब संशोधन गर्न आवश्यक रहेको पनि खरेलले बताए ।

उता प्रजातान्त्रिक समूहका तर्फबाट गरिएको पत्रकार सम्मेलनमा बोल्दै पश्चिम नेपाल यातायात व्यवसायी संघका पूर्व अध्यक्ष चोपनारायण श्रेष्ठले सेन्डिकेटको अन्त्य गराउने नाममा व्यवसायीहरुको व्यवसाय धारासायी बनाईएको बताए । उनले बिमा, कर्मचारी व्यवस्थापन र यातायात व्यवसायलाई मर्यादीत बनाउन प्रजातान्त्रिक प्यानललाई जिताउन आवश्यक रहेको बताए । उनले वर्तमान अध्यक्ष सहितको टिमले सवारीधनीलाई कार्यालय जाँदा अपमान गर्ने गरेको आरोप समेत लगाए । प्रजातान्त्रिक प्यानलले जितेमा घटाईएको गाडी बिस्थापन गर्दा घटाईएको रकमलाई बढाएर ५ लाख पु¥उने प्रतिबद्धता समेत व्यक्त गरे ।

खरेलको नेतृत्वमा बर्तमान सञ्चालकहरु नारायण प्रसाद घिमिरे, जिवन कुमार बन्जाडे, गोपाल पौडेल, रामचन्द्र भुसाल, नारायण बेल्वासे, मोहन पिएस,कृष्ण प्रसाद सापकोटा(सागर),जितेन्द्र खत्री ऋषिराम डुम्रे र कुस्माखर रेग्मीले उम्मेदवारी दिएका छन् भने पदमराज गाहाको नेतृत्वमा बर्तमान सञ्चालक सुरेन्द्र श्रेष्ठ सहित रमेश प्रसाद अधिकारी, नारायण प्रसाद भण्डारी,कृष्ण प्रसाद पाण्डे, रुक्मागत पाण्डे,कृष्ण प्रसाल बेल्वासे,लाल बहादुर गुप्ता,शोभाखर भण्डारी, प्रेम गौचन र दिपेन्द्र श्रेष्ठले सञ्चालकमा उम्मेदवारी घोषणा गरेका छन ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ५४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको