१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

नेपाल पक्षले एमालेमै बस्ने निर्णय गरे पनि ओली र नेपालबीच बोली बाराबार



काठमाडौं । सर्वोच्च अदालतले व्यूँताइदिएको नेकपा एमालेको बैठक एक साताभित्रै बस्ने गरी तयारी थालिएको छ । पूर्ववत अवस्थाको एमाले अदालतले ब्यँताइदिएको भएपनि अध्यक्ष केपी ओली र माधवकुमार नेपाल समूहबीच एकीकृत बैठक बसेको छैन । एमाले भित्रका ओली र नेपाल पक्ष आन्तरिक छलफलमा मात्रै रहेका छन् ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँताइदिएको थियो ।

फैसलापछि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भने अनौपचारिक भेटघाट पनि नभएको एमाले स्रोतले जनाएको छ ।

३ वर्ष पहिले एमाले र माओवादी केन्द्र बीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्र बिग्रह भएपछि प्रधानमन्त्री ओली अध्यक्ष रहेको एउटा पक्ष र प्रचण्ड र माधव नेपाल अध्यक्ष रहेको अर्को पक्ष क्रियाशिल रहेका थिए । तर अदालतले नेकपा नै खारेज गरेर पूर्ववत एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेपाल पक्ष साविक एमालेमै बस्ने निर्णयमा पुगेको थियो । एमाले अध्यक्ष ओली छन् । तर, पदाधिकारी र स्थायी कमिटीमा ओली अल्पमतमा छन् ।

३ वर्षदेखि फरक अभ्यासमा अभ्यस्त भै सकेको साँगठानिक संरचनालाई पुरानै संरचनामा लैजाने सम्बन्धमा एमालेभित्र आन्तरिक छलफल जारी रहेको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बद्ध आफु निकट नेताहरुसँग छलफल गरिरहेका छन् भने नेपाल पक्षका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुसँग बानेश्वरस्थित एक होटलमा भेला गरि छलफल गरेका थिए । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूबीच आज पनि छलफल छ ।

एकसाताभित्र पहिले अनौपचारिक र त्यसपछि औपचारीक बैठकको तयारी भएको ओली निकट एक नेताले बताए । ओली निकट नेताहरुमा ईश्वर पोखरेल लगायतका केहि नेताहरु फरक धारमा गएका नेपालसहित नेताहरुले आत्माआलोचना गरेर मात्र जिम्मेवारीमा फर्कानुपर्ने अडानमा देखिएका छन् । तर, शंकर पोखरेल लगायतका नेताहरु अदालतको फैसला कार्यान्वयन गर्दै पुर्ववत जिम्मेवारी अनुसार काम गर्नुपर्ने पक्षमा रहेको उक्त स्रोतले बताएको छ ।

एमाले व्यूँतिए पनि ओली र नेपालबीच हालसम्म बोलचाल समेत छैन ।

ओली समूहले माओवादी केन्द्रबाट आएका नेताहरु रामबहादुर थापा बादल लगायतका नेताहरुको व्यवस्थापन सहित नेपाल पक्षका नेताहरुको जिम्मेवारी तोक्ने आन्तरिक तयारी गरिरहेका बुझिएको छ ।

अदालतको आदेशपछि व्यूँतिएको नेकपा माओवादी केन्द्रले भने फागुन २९ गते केन्द्रीय समिति बैठक र चैत १ गते राष्ट्रिय भेला बोलाइसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  १ : २७ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा