२९ मंसिर २०८२, सोमबार | December 15, 2025

रुपन्देही सुपरलिग : वेष्टर्न फाइनलमा



भैरहवा । अघिल्लो वर्षको विजेता लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई पराजित गर्दै भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा वेष्टर्न क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ । बिहीबार सेमिफाइनलमा वेष्टर्नले खुकुरीलाई ५ रनले पराजित गरेको हो । वेष्टर्नले २९ गते शनिबार फाइनलमा न्यू होराइजन क्रिकेट क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरमध्ये ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो । उसका लागि राहुल कुमारले ९२ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ८२ रन बनाए । यस्तै भुवन पाण्डे र एकेन्द्र कुँवरले ११/११ रन बनाए । बलिङमा खुकुरीका अजयकुमार लोनियाले ४, दुर्गेश गुप्ताले ३, श्रीकान्त केवटले २ र शैलेष श्रीवास्तवले १ विकेट लिए ।

जवाफी व्याटिङ गरेको खुकुरीले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन मात्रै बनायो । उसका लागि निश्चल चौधरीले ३३, प्रज्वल थापाले १३, शैलेश श्रीवास्तव र सजाद आलमले ११÷११ तथा दुर्गेश गुप्ताले नटआउट १० रन बनाए । बलिङमा वेष्टर्नका अभिषेक गौतमले १० ओभरमा ३ मेर्डन राख्दै २७ रन खर्चेर ६ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, हरिजत सिंह, विवेक पराजुली, एकेन्द्र कुँवर र देव खनालले समान १/१ विकेट लिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ५ : १९ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर