७ आश्विन २०८३, बुधबार | September 23, 2026

परिवर्तित राजनीतिक घटनाक्रम पछि प्रचण्डले पहिलो पटक बुटवलबाट सार्वजानिक सम्बोधन गर्दै



बुटवल । सर्वोच्चको आदेशबाट नेकपा माओबादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलो पटक काठमाडौ बाहिरको कार्यक्रममा सहभागी हुने भएका छन् । शुक्रबार बुटवलमा सुरु हुने दलित पत्रकार संघको राष्टिङय अधिवेशनको उदघाटन गर्न अध्यक्ष प्रचण्ड बुटवल आउन लागेका हुन् ।

शुक्रबार बिहान ११ बजे दलित पत्रकार संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गरेपछि प्रचण्डले रुपन्देहीका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुसँग भेटघाट गर्ने छन् । मोओवादी केन्द्रले होटल डेनोभोमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । पार्टी ब्युँतिएपछि माओवादी केन्द्रको भोलिको कार्यक्रम नै पार्टीको पहिलो कार्यकर्तास्तरको कार्यक्रम हुने छ ।

बर्तमान राजनीतिक घटनापछि पहिलो पटक प्रचण्ड उपत्यका बाहिर आउने भएका हुन्। निर्बाचन आयोग र सर्बोच्च अदालतको निर्णय स्वीकार गर्दै अब जनता सामु जानुको विकल्प नरहेको बताउदै आएका नेकपा माओबादी केन्द्रले आगामी दिनमा लिने रणनीतिका बिषयमा बुटवलबाट प्रचण्डले खुलासा गर्ने अपेक्षा गरिएको छ ।

फागुन २८,२९ र चैत १ गते सम्म संचालन हुने दसलत पत्रकार संघको अधिवेशनको उदघाटन सत्र पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा हुने संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।

महाधिवेशनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार र लेखनवृतीसमेत वितरण गरिने तयारी भएको अध्यक्ष पहाडीले बताए ।महाधिवेशनमा आमसन्चार र समावेशीताको सवाल, “मिडियामा महिला : दलित महिला” र “दलित आन्दोलन युवा र आमसन्चार” बिषयमा कार्यशाला गोष्ठी हुनेछ ।करिव ४ सय पत्रकारको सहभागिता रहने उक्त अधिवेशनमा देशभरका ७७ जिल्लाका प्रतिनिधि उपस्थित रहने बताईएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  १० : ०६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११