१ पुस २०८२, मंगलबार | December 16, 2025

परिवर्तित राजनीतिक घटनाक्रम पछि प्रचण्डले पहिलो पटक बुटवलबाट सार्वजानिक सम्बोधन गर्दै



बुटवल । सर्वोच्चको आदेशबाट नेकपा माओबादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलो पटक काठमाडौ बाहिरको कार्यक्रममा सहभागी हुने भएका छन् । शुक्रबार बुटवलमा सुरु हुने दलित पत्रकार संघको राष्टिङय अधिवेशनको उदघाटन गर्न अध्यक्ष प्रचण्ड बुटवल आउन लागेका हुन् ।

शुक्रबार बिहान ११ बजे दलित पत्रकार संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गरेपछि प्रचण्डले रुपन्देहीका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुसँग भेटघाट गर्ने छन् । मोओवादी केन्द्रले होटल डेनोभोमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । पार्टी ब्युँतिएपछि माओवादी केन्द्रको भोलिको कार्यक्रम नै पार्टीको पहिलो कार्यकर्तास्तरको कार्यक्रम हुने छ ।

बर्तमान राजनीतिक घटनापछि पहिलो पटक प्रचण्ड उपत्यका बाहिर आउने भएका हुन्। निर्बाचन आयोग र सर्बोच्च अदालतको निर्णय स्वीकार गर्दै अब जनता सामु जानुको विकल्प नरहेको बताउदै आएका नेकपा माओबादी केन्द्रले आगामी दिनमा लिने रणनीतिका बिषयमा बुटवलबाट प्रचण्डले खुलासा गर्ने अपेक्षा गरिएको छ ।

फागुन २८,२९ र चैत १ गते सम्म संचालन हुने दसलत पत्रकार संघको अधिवेशनको उदघाटन सत्र पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा हुने संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।

महाधिवेशनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार र लेखनवृतीसमेत वितरण गरिने तयारी भएको अध्यक्ष पहाडीले बताए ।महाधिवेशनमा आमसन्चार र समावेशीताको सवाल, “मिडियामा महिला : दलित महिला” र “दलित आन्दोलन युवा र आमसन्चार” बिषयमा कार्यशाला गोष्ठी हुनेछ ।करिव ४ सय पत्रकारको सहभागिता रहने उक्त अधिवेशनमा देशभरका ७७ जिल्लाका प्रतिनिधि उपस्थित रहने बताईएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  १० : ०६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष