२७ बैशाख २०८३, आइतबार | May 10, 2026

सिंहदरबारमा जसपा संसदीय दलको बैठक



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ ।

जसपा संसदीय दलको कार्यालयमा सिंहदरबारमा सुरु भएको बैठकमा संसदीय दलको विधान पारित, दलको नेता चयन र सत्ता समिकरणका विषयमा छलफल हुने बताइएको छ ।

गत बैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच पार्टी एकीकरण भएपनि संसदीय दलको एकीकरण भएको थिएन । यो बैठकले संसदीय दलको नेता चयन गर्ने बताइएको छ ।
यससँगै सत्ता समिकरणमा निर्णायक देखिएको जसपाले सत्तारुढ एमाले र विपक्षी कांग्रेस एवं माओवादी केन्द्रसँग सत्ता समिकरणबारे पनि निरन्तर छलफल गरिरहेको छ । जसपाले आफ्ना मागलाई जसले पुरा गर्छ उसैसँग सत्तासहकार्य गर्ने जनाइसकेको छ । जसपाभित्र पूर्व राजपा पक्षधर महन्थ ठाकुर र राजेन्द्र महोतोहरु हावी भएका छन् । पूर्व समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराईहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीाई साथ दिनै नहुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : १३ बजे

कम्युनिस्ट एकताको आवश्यकता बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

पार्टी प्यालेसको विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको

लम्की-टीकापुर-खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर