१६ असार २०८३, मंगलबार | July 1, 2026

प्रधानमन्त्रीमा नियुक्ति भएकै दिनदेखि ओलीले संविधानमाथि प्रहार गरे : बालकृष्ण खाँड



बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी ओली नियुक्ति भएकै दिनदेखि संविधानमाथि प्रहार सुरु भएको बताएका छन् ।

दलित पत्रकार संघको प्रथम केन्द्रीय अधिवेशनको उदघाटन कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै प्रमुख सचेतक खाँणले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन देखि नागरिकहरुको बोल्ने अधिकार वैचारिक स्वतन्त्रता र स्वतन्त्र पत्रकारमाथि प्रहार गरेर मिडिया विधेयक ल्याएको आरोप लगाए ।

उनले सरकारले गुठी सम्बन्धी विधेयक ल्याएर संस्कृतिमाथि प्रहार भएको र सरकारले मानव अधिकारको धज्जि उडाईरहेको उल्लेख गर्दै सरकार संविधानको विपरित कानुन बनाउन उद्देत देखिएको बताए ।

कांग्रेस नेता खाँणले देशमा बढ्दै गरेको बलात्कार र हिंसाप्रति सबै संवेदनसिल हुन आवश्यक रहेको तर्फ औंल्याउँदै हिंसा र वलात्कारजन्य घटनाप्रति सरकारलाई गम्भीर हुन आग्रह गरे ।

‘सरकार किन संविधानका रक्षाका लागि प्रतिवद्धता जनाउदैन ?’, उनले प्रश्न गरे, ‘यो ज्यादै नै गंभीर विषय छ ।’

नेता खाँणले नेपालमा कुनैपनि वादमा उभिएर निरंकुशता, अधिनायकवाद स्थापित गर्न नसकिने बताए । ‘असली मयुर सडकमा दौडिरहेका छन् र नक्कलि मयुर सिंह दरवारमा बसिरहेका छन्उ’, नले भने ।

नेपालको संघीय गणतन्त्रलाई कसैले समाप्त गर्न नसक्ने बताउंदै खाँणले बहुवादको आधारमा बहुदलीय लोकतन्त्र शासन प्रणाली कसैले सिध्याउन नसक्ने ठोकुवा गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ४ : ३९ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी