४ पुस २०८२, शुक्रबार | December 19, 2025

समृद्धिको मुल आधार पर्यटन : बुटवल उपमहानगर प्रमुख सुवेदी



बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २० औं साधारण सभा तथा १० औं अधिवेशनबाट निर्वाचित नया नेतृत्वलाइ पद हस्तान्तरण गरिएको छ ।

शुक्रबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै समृद्धिको आधार पर्यटन भएको दाबी गरे । धेरै ऐतिहासिक र रमणिय, सास्कृतिक, सामरिक, धार्मिक पर्यटन क्षेत्रहरु रहेको यो रुपन्देही अब राम्रो सम्भावना भएको क्षेत्र भएको उनले बताए । बुटवलको विकासकै कारण यो पछि नपर्ने दाबी गर्दै उनले रुपन्देहीको विकासको आधारको विषयमा ३ वर्ष लामो अध्ययन गरिएको उनले दाबी गरे । पर्यटन, कृषि, उद्योग लगायत विकासको आधार भएको र यसका लागि सडक, पहुचलाई ध्यान दिएर विकास अघि बढाईएको उनले दाबी गरे ।

कार्यक्रममा होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले समग्र व्यवसायीहरु एकजुट नभए सरकारबाट सहयोग नमिल्ने उदाहरण प्रस्तुत गर्दै व्यवसायीहरुको मागलाई स्थापित गर्न नेतृत्व लाग्नुपर्ने सुझाव दिए । सरकार र व्यवसायीहरु बिचमा सधैभरि नै द्वन्द्व देखिदै आएको उनले बताए । महासंघ अहिले संगठनको पहिचान गर्ने, संगठित गर्ने र पर्यटकिय गतिविधिमा अग्रसरता गराउने गरि अघि बढेको उनले बताए ।

अहिले देशभर ७७ जिल्लामा १ सय ६० वटा संस्था र व्यवसायी रहेको उनले बताए । प्रत्येक वर्ष २० अर्ब सरकारलाई ट्याक्स तिर्दै आएको व्यवसायीहरु पछिल्लो पटक कोभिड १९ को बेला १९ अर्ब बराबर लगानी डुबेको उनले दुखेसो गरे । वार्षिक ३० अर्बको कारोबार हुने उनले बताए ।

केही विकट क्षेत्रहरुका सरकारहरु निजि क्षेत्रहरुलाई एकिकृत मोडेलमा पर्यटन विकासको लागि अवसर दिएको भन्दै यसलाई कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताए । ग्लोबल आईएमीसंग ५ अरब बराबरको महासंघसंग व्यवसायिक सम्झौता भएको बताए ।

संघका संस्थापक अध्यक्ष तथा सल्लाहकार माधव नेपालले संघमा आवद्ध पदाधिकारीहरुबाट विशेष प्याकेज बनाएर अघि बढ्न सुझाव दिए । साच्चिकै नमुना बनाएर अघि बढ्ने गरि रुपरेखा तयार गर्न उनले सुझाव दिए ।

हानका सदस्य तथा संघका सल्लाहकार गोपाल रानाले पर्यटन क्षेत्र अवसरका रुपमा रहेको बताए । सरकारले पुर्वाधार विकासमा लगानी बढाए । निजि क्षेत्रबाट विकास हुने दाबी गरे । यहाका पर्यटकिय ऐतिहासिक क्षेत्रहरुमा सरकारको लगानी गरे वर्षेनि पर्यटक भित्राउन सकिने उनले दाबी गरे ।

कार्यक्रममा नेपाली काग्रेस नगर सभापति खेलराज पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका निबर्तमान अध्यक्ष समुद्र जिसि लगायतले बोलेका थिए । संघका नवनिर्वाचित अध्यक्ष रामप्रसाद गौतमले आगलागीबाट क्षति भएका होटल व्यवसायी कमल अधिकारीलाई १० हजार रुपैया सहयोग हस्तान्तरण गरेका छन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ८ : २० बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका