७ आश्विन २०८३, बुधबार | September 23, 2026

बिहानै बोलायो माओवादी केन्द्रले स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बिहानै बस्ने भएको छ । परिवर्तित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गनै भन्दै माओवादी केन्द्रले आज बिहानै स्थायी कमिटी बैठक बोलाएको हो ।

बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नयाँ सत्ता समीकरण र एमाले भित्रका पार्टी एकताका पक्षधर नेपाल समूहको जिम्मेवारी खोसिएको विषयमा छलफल गर्ने बताइएको छ। बैठकमा शुक्रबार सम्पन्न कांग्रेस र जसपासँगको वार्ताको समिक्षा पनि गरिने कार्यक्रम रहेको छ ।

बैठकमा नयाँ सरकार गठनमा जसपा र कांग्रेससँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा पनि रणनीति तय गरिने माओवदी केन्द्रका एक नेताले बताए ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले शुक्रबार एकैदिन आफूपक्षीय दुईवटा केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेर माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालगायत पूर्वमाओवादीबाट २३ नेतालाई केन्द्रीय सदस्य बनाएको सम्बन्धमा पनि छलफल हुने ती नेताले बताए ।

माओवादी केन्द्रको आज बिहान बस्ने स्थायी कमिटी बैठकले एमालेमा गएका आफ्ना नेतालाई पार्टीमै फर्किन आग्रह गर्ने, नमाने कारबाहीको निर्णय गर्ने तयारी गरेको छ।

दलिय संरचनामा पार्टीले एमालेमा प्रवेश गरेकाहरुलाई कारवाही गरे उनीहरु पदमुक्त हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ७ : ३४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११