८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमाले माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । सर्वोच्च अदालतले साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्दै पूर्ववत पार्टी खोल्न बाध्य बनाएपछि नेकपा एमालेमा चरम अन्तर्संघर्ष देखिएको छ । एमालेमा प्रष्टसँग देखिएका दुई समुह ओली पक्ष र माधव झनाथ पक्षबीचको अन्तर्संघर्षले पार्टीलाई फेरि एकपटक साविकको नेकपाको अवस्थामा जस्तै पुर्याएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी निर्णय गर्दै आफु इतरका नेताहरुलाई अपमानजनक ढंगले पेल्न थालेपछि एमाले फेरि एकपटक साविक नेकपा जस्तै विभाजनको संघारमा पुगेको छ ।

अध्यक्ष ओलीले आफु निकट केन्द्रीय नेताहरुलाई भेला छ भन्दै बालुवाटार बोलाएर भटाभट माधव झलनाथ पक्षधर नेताहरुको जिम्मेबारी खोस्ने र केन्द्रीय कमिटी विस्तार गर्ने काम गरेका थिए । ओलीले एमालेको नवौं महाधिवेशनबाट पारित विधानको बाधा अड्काउ फुकाउ धाराको प्रयोग गर्दै आफुखुशी निर्णय गरेपछि माधव झलनाथ पक्षले अपरान्ह बैठक बसेर ओलीको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।

माधव पक्षले आज शनिबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ । एमालेको विधानअनुसार ओलीका सबै निर्णय अवैध भएको दाबी गरेको नेपाल पक्षले केन्द्रीय कमिटी बैठकबाट थप निर्णय गर्ने जनाएको छ । शुक्रबार साँझ सम्पन्न आफुपक्षीय स्थायी कमिटी बैठकले आज केन्द्रीय कमिटी र चैत ४ गते राष्ट्रिय भेला बोलाउने निर्णय गरेको थियो । माधव पक्षले आफु निकट सांसदहरुको पनि भेला बोलाउने भएको छ । ओलीले प्रयोग गरेको बाधा अड्काउ प्रयोग वैधानिक केन्द्रीय कमिटी बैठकले मात्रै गर्नसक्ने माधव पक्षको ठम्याई छ ।

नेकपा विभाजनमा मुख्य भूमिका खेलेका ओलीले अब एमालेलाई पनि विभाजन गरेर कम्युनिष्ट आन्दोलन सिध्याउने खेलमा लागेको माधव पक्षको स्थायी कमिटीले ठहर गरेको थियो । ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन माधव पक्षले देशभरका कार्यकर्तालाई आह्वान समेत गरेको छ ।

शुक्रबार अध्यक्ष ओलीले पदाधिकारी खारेज गर्दै माधव पक्षीय नेताहरुको जिम्मेबारी खोसेका थिए । यसैगरी ओलीले पूर्व माओवादी छोडेर आफुलाई साथ दिएका २३ जना नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्दै जिम्मेवारी तोकेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ८ : ३८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल