१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय, २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन



काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको माओवादीको स्थायी कमिटी बैठकले ओली सरकारमा भएका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बैठकले पार्टी छोडेर एमालेमा गएका मन्त्रीहरुसहित सबै नेता एवं संघीय र प्रदेश सांसदहरुलाई २४ घण्टाभित्र निर्देशन दिएको छ ।

तर, सरकारमा रहेका कुनै पनि मन्त्रीले भने फिर्ता नहुने यसअघि नै स्पष्ट पारिसकेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनयन गर्दै जिम्मेवारी समेत तोकिसकेका छन् ।

माओवादी केन्द्रले भने पार्टी निर्देशन अवज्ञा गर्ने मन्त्रीको सांसद पद खारेज गर्ने प्रक्रिया अघि बढाउनेछ ।

बैठकले चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सुचना नआएसम्मका लागि स्थगित भएको छ । चैत १ गतेको केन्द्रीय समिति बैठक भने यथावत रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : १८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग