१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सत्ता साझेदारी र चुनावसम्म कार्यनीतिक एकताबारे माओवादी केन्द्र र जसपाबीच छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाबीच सत्ता साझेदारीका विषयमा छलफल भएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफलमा माओवादीले ओली सरकार विस्थापित गर्न सहकार्यको प्रस्ताव अघि सारेको छ । माओवादीले अग्रगमनका पक्षधर शक्तिहरुबीच आगामी चुनावसम्मै कार्यगत एकताको प्रस्ताव समेत गरेको छ ।

बैठकमा माओवादी केन्द्रले चुनावलाई समेत केन्द्रमा राखेर सत्ता साझेदारी गर्न आग्रह गरेको थियो । असंवैधानिक ढंगले संसद विघटन गर्ने र देशलाई अराजकतामा लैजाने ओली सरकारलाई विस्थापन गर्नुपर्ने विषयमा छलफल भएको छ । जसपाका नेताहरुले भने आफुले उठाउँदै माग सम्बोधन कसरी गर्न सकिन्छ भनेर जिज्ञासा राखेका छन् ।

बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए । तर, अहिले नै कुनै निस्कर्षमा नपुगेको पनि उनले बताए । अध्यक्ष ठाकुरले माओवादी केन्द्रसँग फेरि छलफलमा बस्ने गरी आजको छलफल सकिएको बताए ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, देव गुरुङ लगायतका नेताहरु सहभागी थिए । यसैगरी जसपाको तर्फबाट अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, नेताहरु अशोक राई र राजेन्द्र महतो सहभागी थिए।

जसपाले यसअघि शुक्रबार नेपाली कांग्रेसँग छलफल गरेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १२ : ५९ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको