२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पश्चिम नेपाल बस व्यावसायी प्रालिको मतगणना सकियो, दधिराम खरेल पुन: अध्यक्ष बन्दै



बुटवल । पश्चिम नेपाल बस व्यावसायी प्रालिको मतगणना सकिएकाे छ ।

प्रालिको आगामी नेतृत्वको लागि दधिराम खरेल नेतृत्वकाे समुहले बहुसंख्यक सिट जितेको छ ।

दुई समुह बनेर उम्मेदवारी दिएकाे निर्वाचनमा खरेल नेतृत्वको प्यानलबाट खरेल (१३३८) सहित जिवन कुमार बन्जाडे (१५३०) रामचन्द्र भुसाल (१३८६) माेहन पिएस (१४८४) चेतनारायण बेल्वासे (१३५७) नारायण प्रसाद घिमिरे (११४६) गाेपाल पाैडेल (१२९०) र कृष्णप्रसाद सापकोटा सागर (११४९) बिजयी भएका छन् त्यसैगरी पदमराज गाहाकाे प्यानलबाट गाहा (१३८९) सहित कृष्ण प्रसाद पाण्डे (१११७) र सुरेन्द्र श्रेष्ठ (१४२२) मत प्राप्त गरेर जित हासिल गरेका छन् ।

खरेलकाे प्यानलबाट ऋषिराम डुम्रे,कुश्माखर रेग्मी र जितेन्द्र श्रेष्ठ पराजित भए भने गाहाकाे प्यानलबाट कृष्णप्रसाद बेलवासे रमेशकुमार अधिकारी, प्रेम गाैचन,लाल बहादुर गुप्ता एलजी, साेभाखर भण्डारी, प्रेम गाैचन रुक्मांगद पाण्डे र दिपेन्द्र श्रेष्ठ पराजित भए ।

२०२६ सालमा स्थापना भएको पश्चिम नेपाल बस ब्यवसायी संघ सरकारले नबिकरण नगरेपछि २०७६ सालमा प्रालिमा रुपान्तरण भएपछि ११ जना सन्चालक निर्वाचित हुने र निर्वाचित ११ जना मध्येबाट अध्यक्ष चुनिने ब्यवस्था छ । निर्वािचत एक सदस्यका अनुसार  नव निर्वाचित स‌ञ्चालकहरुकाे पहिलाे बैठकले अध्यक्षमा वर्तमान अध्यक्ष दधिराम न्याैपानेलाइ चयन गर्ने छ र अध्यक्षले पदाधिकारी चयन गर्नेछन् ।

प्रालिको यहि २८ र २९ गते नया नेतृत्वको लागि निर्वाचनको तयारी भई रहेको कम्पनीको प्रवन्धपत्रमा साधारणसभा तथा अधिवेशनले ११ जना सञ्चालक छनौट गर्ने र ११ जना मध्ये बाट एक जना अध्यक्ष हुने ब्यवस्था छ ।

नेपालकै सबैभन्दा ठुलो यातायात व्यावसायी संस्थाको रुपमा रहेको यस प्रालिमा करिव २ हजार ६ सय बस सञ्चालनमा छन भने २ हजार ३ सय ९६ जना मतदाता रहेकोमा २ हजार ८६ जनाले मतदान गरेका थिए

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ६ : १५ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच