३ आश्विन २०८३, शनिबार | September 19, 2026

ताल सुकाएर तालपोखराको निर्माणकार्य हुँदै



तानसेन । पाल्पाको रामपुरमा रहेको तालपोखराको ताल सुकाएर अहिले निर्माणको काम भइरहेको छ ।

रामपुर नगरपालिका-६ मा रहेको तालपोखरा पर्यटन विभागबाट प्राप्त ५० लाख र जनसहभागिताबाट गरी करिब ५८ लाख लागतमा निर्माणको काम भइरहेको तालपोखरा संरक्षण समितिले जनाएको छ ।

सरकारले पर्यटकीय गन्तव्य सूचीमा राखेको पर्यटकीय गन्तव्य तथा धार्मिकस्थलका रूपमा विकास हुँदै आएको तालपोखरामा ३०० मिटर भित्ता ढलान र दुईवटा बगैँचामा पर्खाल निर्माण भइरहेको समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिए ।

तालपोखरा क्षेत्रको विकासका निम्ति अझै पनि कार्यालय भवन निर्माण, बालउद्यान निर्माणलगायतका काम बाँकी रहेको समितिले जनाएको छ । कोभिड-१९ का कारण प्रभावित बनेको पर्यटक आगमन अहिले निर्माणको कामले गर्दा पनि ठप्प भएको छ ।

तालपोखरामा डुङ्गा सयर गर्न, घुम्न, फोटो खिचाउन, तालमा माछा हेर्न तथा जलेश्वर महादेवको पूजा आराधना गर्न शनिबार तथा बिदाका दिनमा ५०० को हाराहारीमा पर्यटक आउने गरे पनि अहिले प्रभावित बनेको छ । रासस

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : ३६ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय