६ पुस २०८२, आइतबार | December 21, 2025

ताल सुकाएर तालपोखराको निर्माणकार्य हुँदै



तानसेन । पाल्पाको रामपुरमा रहेको तालपोखराको ताल सुकाएर अहिले निर्माणको काम भइरहेको छ ।

रामपुर नगरपालिका-६ मा रहेको तालपोखरा पर्यटन विभागबाट प्राप्त ५० लाख र जनसहभागिताबाट गरी करिब ५८ लाख लागतमा निर्माणको काम भइरहेको तालपोखरा संरक्षण समितिले जनाएको छ ।

सरकारले पर्यटकीय गन्तव्य सूचीमा राखेको पर्यटकीय गन्तव्य तथा धार्मिकस्थलका रूपमा विकास हुँदै आएको तालपोखरामा ३०० मिटर भित्ता ढलान र दुईवटा बगैँचामा पर्खाल निर्माण भइरहेको समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिए ।

तालपोखरा क्षेत्रको विकासका निम्ति अझै पनि कार्यालय भवन निर्माण, बालउद्यान निर्माणलगायतका काम बाँकी रहेको समितिले जनाएको छ । कोभिड-१९ का कारण प्रभावित बनेको पर्यटक आगमन अहिले निर्माणको कामले गर्दा पनि ठप्प भएको छ ।

तालपोखरामा डुङ्गा सयर गर्न, घुम्न, फोटो खिचाउन, तालमा माछा हेर्न तथा जलेश्वर महादेवको पूजा आराधना गर्न शनिबार तथा बिदाका दिनमा ५०० को हाराहारीमा पर्यटक आउने गरे पनि अहिले प्रभावित बनेको छ । रासस

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : ३६ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र