१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि पूर्ववत अवस्थामा फर्किन परेको माओवादी केन्द्रको पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

बैठकमा अहिले अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराइरहेका छन् ।

बैठकमा नयाँ परिस्थितिमा पार्टीको पुनर्निर्माण, सत्ता समीकरण र ओली सरकारमा रहेका मन्त्रीहरुको फिर्ता एवं उनीहरुमाथि कारवाहीबारे छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समितिमा निर्वाचन आयोगलाई २०७५ जेठ २ गते अघि बुझाइएका ८७ सदस्य र साविकको नेकपामा रहेका थप ११३ सदस्य गरी २०० सदस्य रहेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : ०० बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा