७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रधानमन्त्री ओलीको आरोप, – केही मान्छेले विकासलाई अवरुद्ध पार्न खोजेका छन्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधको नाममा विकासलाई अवरुद्ध पार्न खोजिएको बताएका छन् ।

प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको आइतबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकासको कामलाई तीब्रता दिए पनि केही मान्छेहरुले विरोध मात्रै गरेको बताएका हुन् । ओलीले देश र जनताप्रति जिम्मेबारीबोध नभएकाहरुले विकासको विरोध गरिरहेको आरोप लगाए ।

ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्ति भए पनि सरकारले भने ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीब्र बनाएको दाबी गरे ।

ओलीले दीगो विकासलाई दृढताका साथ अगाडि बढाएको दाबी दाबी गर्दै भने, ‘दीगो विकास दृढताका साथ तीव्र गतिमा अगाडि बढाएका छौं। यो असाधारण उपलब्धि हो। यसलाई अझ उचाइमा पुर्‍याउनुपर्छ ।’

उनले विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि सरकारले सबै प्रयास केन्द्रित गरेको उनको भनाइ थियो ।

 

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  १२ : ३२ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा