काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधको नाममा विकासलाई अवरुद्ध पार्न खोजिएको बताएका छन् ।
प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको आइतबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकासको कामलाई तीब्रता दिए पनि केही मान्छेहरुले विरोध मात्रै गरेको बताएका हुन् । ओलीले देश र जनताप्रति जिम्मेबारीबोध नभएकाहरुले विकासको विरोध गरिरहेको आरोप लगाए ।
ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्ति भए पनि सरकारले भने ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीब्र बनाएको दाबी गरे ।
ओलीले दीगो विकासलाई दृढताका साथ अगाडि बढाएको दाबी दाबी गर्दै भने, ‘दीगो विकास दृढताका साथ तीव्र गतिमा अगाडि बढाएका छौं। यो असाधारण उपलब्धि हो। यसलाई अझ उचाइमा पुर्याउनुपर्छ ।’
उनले विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि सरकारले सबै प्रयास केन्द्रित गरेको उनको भनाइ थियो ।


















प्रतिक्रिया