१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नेपाल-पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको विजेता उपविजेता पुरस्कृत



काठमाडौं । ग्रेट हिमालयन क्रिकेट क्लब नेपाल-पाकिस्तान मैत्रिपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको विजेता बनेको छ ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासद्वारा आयोजित प्रतियोगिताको उपविजेता एन्जल क्रिकेट क्लब बनेको छ ।

काठमाडौंमा १० दिनसम्म चलेको प्रतियोगिताको अन्तिम दिन आइतबार युवा तथा खेलकुद सचिव केदार न्यौपानेले विजेता र उपविजेतालाई पुरस्कृत गरेका छन् ।

त्यसअवसरमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सचिव न्यौपानेले पाकिस्तानी दूतावासले वार्षिक रुपमा आयोजना गर्ने क्रिकेट प्रतियोगिताले नेपाली क्रिकेट खेलाडीहरुलाई प्रोत्साहित गरेको बताए ।

न्यौपानेले खेलकुदको क्षेत्रमा पाकिस्तानी ​​दूतावासले गरेका प्रयासहरूको सराहना गरे । खेलकुद आयोजनाले नेपाल र पाकिस्तान र नेपालबीचको दुईपक्षीय सम्बन्धलाई अझ मजबुद बनाउने उनले विश्वास व्यक्त गरे ।

नेपालका लागि पाकिस्तानी राजदूत सायद हैदर शाहले दुई देशका युवालाई खेलकुदमार्फत एकजुट गराउने प्रयास जारी रहेको बताए। राजदूत शाहले खेलकुद पाकिस्तान र नेपाली जनताबीचको सम्पर्कको महत्वपूर्ण आधारशिला भएको बताए ।

कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल पनि उपस्थित थिए । १० दिनसम्म चलेको प्रतियोगितामा १२ वटा क्रिकेट क्लबले भाग लिएका थिए ।

 

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ३ : २२ बजे

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा