८ कार्तिक २०८३, आइतबार | October 25, 2026

हेमन्त शर्मा र समिक्षा अधिकारीको “हेल्लो सिस्टर हेल्लो मिस्टर” लाइ दर्शकले अत्याधिक रुचाए



“हेल्लो सिस्टर हेल्लो सिस्टर यो बाटो कहा जानी होला
जान्नी सुन्नी हजुरलाई थाह होला”

बुटवल । पछिल्लो समय यो गीत निकै रुचाईएको छ । टिकटक देखि युट्युबमा हिट भएको छ यो गीत यतिबेला । लोकप्रिय गायक हेमन्त शर्मा र पछिल्लो पुस्ताकी चर्चित गायिका समिक्षा अधिकारीको आवाजमा यो गित बजारमा आएको हो ।

गीतलाई दर्शक श्रोताले एकदम रुचाएका छन । यो गीत गायक हेमन्त शर्माको आफ्नै युट्युब च्यानल “हेमन्त शर्मा” बाट डिजिटल बजारमा आएको छ ।

यो समाचार तयार पार्दा सम्म ४ लाख ८० हजार भन्दा बढी पटक हेरिएको छ । भने गीतलाई २३ सय भन्दा भन्दा धेरै प्रतिक्रिया आएको छ। गीतले पाएको माया देखेर गायक हेमन्त शर्मा पनि खुशि छन । गीतको शब्द संगीत हेमन्त शर्माले नै गरेका छन भने एरेन्ज बि बि अनुरागिले गरेका छन । श्याम स्वयत रसाईलीको (अडियो )सम्पादनले झनै आकर्षक बनाएको छ ।

गीतमा चर्चित नायक पल शाह, रियासा दाहाल, र गरिमा शर्माले गरेको अभिनयलाई पनि दर्शक श्रोताले निकै राम्रो प्रतिक्रिया दिएका छन । निर्देशक शिब बिकले पल रियासा र गरिमालाई आफ्नो कोरियोग्रामिमा मजाले नचाएका छन । स्कुले लुगामा गरिमा र रियासालाई निकै राम्रो देखिएको प्रतिक्रिया दर्शकले गरेका छन । यो गीतलाई पनि शिब बिकले निर्देशन गरेका छन ।

पल संगको सहकार्य फाप्यो हेमन्तलाई

म्युजिक भिडियोका किङ् भनेर चिनिने नायक पल शाहलाई सुटिंङ्गको सेड्युल बनाउन मुस्किल नै पर्छ । पल यतिबेला अत्याधिक व्यस्त छन । गायक हेमन्त शर्माको गुडेको रेलपानीमा पुष्प खड्का र पल शाह संगै केकी अधिकारिसंग काम गरेका थिए ।

गुडेको रेल पनि गीतले हेमन्तलाई अत्याधिक व्यस्त बनायो । गुडेको रेल भन्दा अघि उनले “हुन्न हुन्न “भन्ने गीतमा पल संग काम गरिसकेका थिए। केहि महिना अघि उनले गायिका एलिना चौहान संग तिमीबाहेक मेरो कोहि छैन गीत गाएका थिए उक्त गीतमा पल शाह र रियासा दाहालले अभिनय गरेका थिए ।

गीतले पनि अत्याधिक सफलता पायो । करिब ५० लाख भन्दा बढी पटक यो गित हेरिएको छ। सोहि गीतको सफलताका कारण उनले पल र रियासा संगै फेरी पनि सहकार्य गरेका छन ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : ०४ बजे

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै

भारतमा बाँध परियोजना विरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि : पर्यावरणमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा