२० माघ २०८२, मंगलबार | February 3, 2026

सिरहा विस्फोटका गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो



लहान विस्फोटका गम्भीर घाइते भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । सिरहाको लहानमा आइतबार दिउँसो भएको बम विस्फोटका घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा धनगढीमाई नगरपालिका ४ का ३८ वर्षीय दिनेश भण्डारी गम्भीर घाइते भएका थिए । उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

सेनाको हेलिकोप्टर सैनिक मञ्च टुँडिखेलमा अवतरण गरेपछि घाइते भण्डारीलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । बमको छर्रा लागेर भण्डारीको तिघ्रामा चोट लागेको छ ।

मालपोत कार्यालयको माथिल्लो तल्लामा कुकर बम विस्फोट भएको थियो । विस्फोटमा भण्डारीबाहेक मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर घाइते भएका छन् । यसैगरी, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव घाइते भएका छन् ।

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : २७ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली