१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सिरहा विस्फोटका गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो



लहान विस्फोटका गम्भीर घाइते भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । सिरहाको लहानमा आइतबार दिउँसो भएको बम विस्फोटका घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा धनगढीमाई नगरपालिका ४ का ३८ वर्षीय दिनेश भण्डारी गम्भीर घाइते भएका थिए । उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

सेनाको हेलिकोप्टर सैनिक मञ्च टुँडिखेलमा अवतरण गरेपछि घाइते भण्डारीलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । बमको छर्रा लागेर भण्डारीको तिघ्रामा चोट लागेको छ ।

मालपोत कार्यालयको माथिल्लो तल्लामा कुकर बम विस्फोट भएको थियो । विस्फोटमा भण्डारीबाहेक मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर घाइते भएका छन् । यसैगरी, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव घाइते भएका छन् ।

 

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : २७ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१