८ बैशाख २०८१, शनिबार | April 20, 2024

सिरहा बम बिस्फोटमा संलग्न थप एक पक्राउ



लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-३ लवकाटोल निवासी २० वर्षीय गुडु भन्ने रामजतन मुखिया रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान-१ लोकतन्त्रचोकबाट मुखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।

एक कर्मचारीसहित आठ घाइते हुने गरी यही चैत १ गते भएको प्रेसर कुकर बम विस्फोटमा संलग्न रहेको आरोपमा सिरहाको सुखीपुर नगरपालिका-५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरीलाई पक्राउ गरेको थियो ।

बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ४१ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन