१८ मंसिर २०८१, मंगलबार | December 3, 2024

सिरहाको मालपोत कार्यालयमा बम विस्फोट भएको घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ



सिरहा । सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतबार भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-१८ बस्ने ३९ वर्षीय बलराम मण्डल रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

मण्डललाई सशस्त्र प्रहरीको टोलीले सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट सोमबार साँझ ५ बजे पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दिपेश गिरीले जानकारी दिए ।

उनले पक्राउ परेका मण्डल यसअघि पनि बम काण्डहरूमा संलग्न रहेकाले त्यसै आशंकाका आधारमा उनलाई पक्राउ गरिएको बताए ।

आइतबार दिउँसो करिब १ बजेको समयमा लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट भएको थियो । विस्फोटमा परी धनगढीमाई नगरपालिका-१३ बस्ने ३० वर्षीय दिनेशकुमार भण्डारी, कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका-६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका-१६ का ५२ वर्षीय लालबहादुर विक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका-४ का ३८ वर्षीय फुल कुमारी ठाकुर, भगवानपुर गाउँपालिका-३ का ५४ वर्षीय बद्री नारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर घाइते भएका थिए ।

घाइते मध्ये दिनेशको उपचार काठमाडौंमा भइरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ४९ बजे

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा

सङ्घीयतापछि सामुदायिक वन : बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव

काठमाडौं । नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकार

एनपीएल : चितवन राइनोजविरुद्ध टस जितेर फिल्डिङमा पोखरा एभेन्जर्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार हुने दोस्रो खेलमा

नेपाल प्रिमियर लिग : सुदूरपश्चिम रोयल्सको सहज जित, विराटनगर किंग्स ९० रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई

अफगानिस्तानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युएईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज