२७ बैशाख २०८३, आइतबार | May 10, 2026

आजको मौसम : पहाडी भु-भागमा सामान्य बदली, चट्याङ्ग सहित हल्का वर्षा हुने, बाँकी भु-भागको मौसमा सफा रहने



काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव परेका कारण देशै भर मौसममा मिश्रित प्रभाव देखिएको छ। देशको पहाडी भू(भागहरुमा आंशिक बदली देखिएको छ भने बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

पहाडी भुभागमा मौसम बदली भएकै कारण केहिदिन देखि बढेको गर्मी केहि मत्थर समेत देखिएको छ । सोमबार दिउँसो देशको पहाडी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशको पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : २५ बजे

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका