३१ भदौ २०८३, बुधबार | September 16, 2026

काष्ठमण्डप पुनःनिर्माण ९० प्रतिशत सकियो



काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ । निर्माणअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र झिङ्गटीबाट छानोको काम भइरहेको छ ।

निर्माणका लागि अहिले दैनिक ३५ कामदारले नियमितरूपमा काम गरिरहेका छन् । छानोमा प्रयोग भइरहेको माटो अरुभन्दा अलि विशेष किसिमको हुने हुँदा पानीले भिज्दा पनि असर नगर्ने किसिमको हुन्छ ।

पुनःनिर्माणको शुरुको समयमा निर्माणका लागि आवश्यक पर्ने काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको थियो । अहिले समस्या नभएकाले सहजरूपमा काम भइरहेको छ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम तीन वर्षअघि शुरु गरिएको हो । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार १० प्रतिशत बाँकी काम सकी आगामी वैशाखमा पुनःनिर्मित काष्ठमण्डप देख्न पाइन्छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । सातौँ शताब्दीको काष्ठमण्डप बाटनै नेपालको राजधानीको नाम काठमाडौँ रहन गहेको इतिहासमा उल्लेख छ ।

यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई चरणबद्धरूपमा आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्माणका लागि थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकतानुरूप चरण चरणमा ल्याइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ४८ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।