१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत काम सम्पन्न



काठमाडौं । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ ।

काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैँसम्म सक्ने लक्ष्य छ । “यसबीचमा केही अवरोध नआए ढुक्कसँग दशैँअघि काम सम्पन्न हुने थियो”, अध्यक्ष शाक्यले भने, “अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ ।”

विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरुपमा क्षति भएको थियो । सातौँ शताब्दीमा निर्माण गरिएको यस सम्पदाको पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । पुनःनिर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा रु ११ करोड ५० लाख दिइसकेको छ ।

पुनः निर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमुल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो । गजुरलाई काष्ठमण्डपभित्र बिसाइ सकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो । सालको काठबाट बनाइएको गजुरमा १३ चक्की छन् ।

उक्त सम्पदा पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । प्रयोग हुने काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । रासस

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : १२ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता