१ पुस २०८२, मंगलबार | December 16, 2025

वानेश्वरमा माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरुको बैठक, ओलीसँग भएको छलफलबारे ब्रिफिङ गर्दै



काठमाडौं । नेकपा एमालेको माधव झलनाथ पक्षीय केन्द्रीय सदस्यहरु र सांसदहरुको भेला सुरुभएको छ ।

नयाँ वानेश्वरस्थित अर्याल होटलमा भैरहेको भेलामा शिर्ष नेताहरुले ओली पक्षसँग आजै भएको वार्ताबारे ब्रिफिङ गर्ने भएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार मध्यान्न भएको वार्तामा दुवै पक्षले आआफ्ना अडान कायमै राखेका थिए । पार्टीमा देखिएको समस्याको विषयमा वार्ता भएपनि कुनै निस्कर्ष निस्केको थिएन ।

सर्वोच्च अदालतले साविकको नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेभित्र चरम विवाद सुरु भएको थियो । अध्यक्ष ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई आफु विरुद्ध गतिविधि गरेको भन्दै कारवाहीको हदसम्म पुगेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

ओलीले फागुन २८ गते एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको जिम्मेवारी खोसेका थिए । पदाधिकारीमा माधव पक्षको बहुमत रहेको छ । यसैगरी ओलीले आफुलाई सहयोग गर्ने माओवादी केन्द्रका २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । माधव पक्षले अध्यक्षले मनोमानी ढंगले गुटको भेला गरेर विधान विपरित गतिविधि गरेको भन्दै निर्वाचन आयोगमा ओलीको निर्णय कार्यान्वय नगर्न आइतबार पत्र बुझाएको थियो । यसैगरी ११ जना स्थायी कमिटी सदस्यहरुले सामुहिक वक्तव्य जारी गर्दै ओली प्रवृतिले पार्टीलाई विसर्जनतर्फ अघि बढाएको भन्दै सशक्त प्रतिरोध गर्न कार्यकर्ताहरुलाई अपील गरेका थिए ।

माधव पक्षले चैत ४ र ५ गते कार्यकर्ता भेला बोलाएको छ । अध्यक्ष ओलीले भने चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन् । माधव पक्षको कार्यकर्ता भेलालाई प्रभावित बनाउन ओलीले चैत ३ गते भोलि बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ४ : ५८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज