१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

वानेश्वरमा माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरुको बैठक, ओलीसँग भएको छलफलबारे ब्रिफिङ गर्दै



काठमाडौं । नेकपा एमालेको माधव झलनाथ पक्षीय केन्द्रीय सदस्यहरु र सांसदहरुको भेला सुरुभएको छ ।

नयाँ वानेश्वरस्थित अर्याल होटलमा भैरहेको भेलामा शिर्ष नेताहरुले ओली पक्षसँग आजै भएको वार्ताबारे ब्रिफिङ गर्ने भएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार मध्यान्न भएको वार्तामा दुवै पक्षले आआफ्ना अडान कायमै राखेका थिए । पार्टीमा देखिएको समस्याको विषयमा वार्ता भएपनि कुनै निस्कर्ष निस्केको थिएन ।

सर्वोच्च अदालतले साविकको नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेभित्र चरम विवाद सुरु भएको थियो । अध्यक्ष ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई आफु विरुद्ध गतिविधि गरेको भन्दै कारवाहीको हदसम्म पुगेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

ओलीले फागुन २८ गते एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको जिम्मेवारी खोसेका थिए । पदाधिकारीमा माधव पक्षको बहुमत रहेको छ । यसैगरी ओलीले आफुलाई सहयोग गर्ने माओवादी केन्द्रका २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । माधव पक्षले अध्यक्षले मनोमानी ढंगले गुटको भेला गरेर विधान विपरित गतिविधि गरेको भन्दै निर्वाचन आयोगमा ओलीको निर्णय कार्यान्वय नगर्न आइतबार पत्र बुझाएको थियो । यसैगरी ११ जना स्थायी कमिटी सदस्यहरुले सामुहिक वक्तव्य जारी गर्दै ओली प्रवृतिले पार्टीलाई विसर्जनतर्फ अघि बढाएको भन्दै सशक्त प्रतिरोध गर्न कार्यकर्ताहरुलाई अपील गरेका थिए ।

माधव पक्षले चैत ४ र ५ गते कार्यकर्ता भेला बोलाएको छ । अध्यक्ष ओलीले भने चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन् । माधव पक्षको कार्यकर्ता भेलालाई प्रभावित बनाउन ओलीले चैत ३ गते भोलि बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ४ : ५८ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन